विभिन्न स्थानबाट लागूऔषधसहित ११ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ११ जना पक्राउ


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९२ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने राजकुमार कामत र २४ वर्षीय आशिष पोदार रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१० प ४४७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङकै सुन्दरहरैंचा नगरपालिका-३ बस्ने ३० वर्षीया सुनिता राईलाई अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम, गाँजा ३ किलो ५ सय ग्राम, डिजिटल तराजु २ थान र नगद ५ लाख ३८ हजार २ सय ५० रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध र नगद फेला पारी उनलाई पक्राउ गरको हो । 

झापाको दमक नगरपालिका-३ बस्ने ३० वर्षीय दावा तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बेलडागीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ नयाँ ठिमीबाट अवैध लागूऔषध गाँजा २ किलो १५ ग्रामसहित सोही ठाउँ बस्ने सिन्धुली लामाचौर गाउँपालिका-७ घर भएकी ३९ वर्षीया सुष्मा तामाङलाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै आवश्यक सोधपुछको लागि अन्य ३ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

काभ्रेको पनौती नगरपालिका-५ नैकिङटार बस्ने ४१ वर्षीय नकुल तिमल्सिनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३८ ग्रामसहित  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो काठमाडौं, जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  

कैलालीको टीकापुर नगरपालिका-३ रामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित जानकी गाउँपालिका-७ बस्ने २६ वर्षीय राज कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरको हो । 

कैलालीको गोदावरी नगरपालिका-१ भरतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय माधव बिष्टलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ६ : २४ बजे

यस्ता छन्, राष्ट्रिय जनसङ्ख्या नीति २०८२ का १६ लक्ष्य

काठमाडौं– सरकारले १५ वर्षदेखि १९ वर्षमुनिका किशोरीको प्रजनन दर घटाउनेदेखि

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार आफ्नो देशविरुद्ध थप आक्रमण

प्रधानमन्त्रीले भने- स्पेनमा मान्छे छाडेर आयो भनेर झुट प्रचार गरियो

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

लम्कीचुहाँ– खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार

राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका