टिकटक नियन्त्रण रोक्न अमेरिकालाई चीनको आग्रह « Khabarhub

टिकटक नियन्त्रण रोक्न अमेरिकालाई चीनको आग्रह


१ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टिकटकलाई लक्षित गर्दै अमेरिकाले बुधबार विधेयक अगाडि बढाएपछि चीनले बिहीबार अमेरिकालाई अन्य देशका कम्पनीहरूको अनुचित दमन रोक्न आह्वान गरेको छ।

अमेरिकाले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तलाई इमानदारीपूर्वक सम्मान गर्नुपर्ने र सबै देशका उद्यमहरूलाई खुला, निष्पक्ष, न्यायपूर्ण र भेदभावरहित तरिकाले विकसित हुने वातावरण उपलब्ध गराउनुपर्ने वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले बताएका छन्  । 

सम्बन्धित पक्षहरूले चिनियाँ कानून र नियमहरूको कडाइका साथ पालना गर्नुपर्ने र साथै चीनले आफ्नो वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न आवश्यक सबै उपायहरू अवलम्बन गर्ने, उनले पत्रकार सम्मेलनमा उल्लेख गरे ।

यसै हप्ता  युएस हाउस अफ रिप्रिजेन्टेटिभ्सले टिकटक सम्बन्धी बिललाई अनुमोदन गरेको छ जसमा टिकटकलाई या त यसले मूल कम्पनी, चिनियाँ टेक विशाल बाइटडान्सबाट अलग हुनुपर्ने या राष्ट्रव्यापी प्रतिबन्धको सामना गर्नुपर्ने बताएको थियो । 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ६ : ४८ बजे

लक्ष्मी पूजाको रात झिलिमिली देखियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं– हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज लक्ष्मी पूजा

सेनेगलमा डुङ्गा डुब्दा २१ आप्रबासीको मृत्यु

डकार– अफ्रिकादेखि युरोपसम्मको खतरनाक एटलान्टिक महासागरको मार्गमा आप्रवासी बोकेको एउटा

राइफलको गोलीसहित एकजना पक्राउ

काठमाडौँ– थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित

मादलको माग उच्च

नवलपुर– युवा मौलिक बाजाहरूप्रति आकर्षित हुन थालेपछि तिहारका समयमा मादलको

तिहार र छठमा विद्युत् आपूर्ति नियमित राख्न मन्त्री श्रेष्ठद्वारा कमाण्ड सेन्टरको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लक्ष्मीपूजा, तिहार तथा