बागलुङको बरेङमा लागेको आगो अझै नियन्त्रणमा आएन  « Khabarhub

बागलुङको बरेङमा लागेको आगो अझै नियन्त्रणमा आएन 


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरमा आज दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । किसिमकोट सामुदायिक वनमा आज दिउँसोदेखि आगलागी हुँदा बाटाकाचौरस्थित सारदा माध्यमिक विद्यालय र किसिमकोट बस्ती उच्च जोखिममा परेका छन् । 

तीव्र गतिमा हावाहुरी चलेकाले आगो बस्ती र विद्यालयमा पुग्न थालेकाले आगो नियन्त्रणमा लिन नसकिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए। प्रहरी, स्थानीय, विद्यार्थीलगायतले आगो निभाउने प्रयास भइरहे पनि हावाहुरीका करण निभाउन नसकिएको उनले बताए ।

मान्द्रेढुङ्गाबाट सुरु भएको आगो शारदा मावि बाटाकाचौर नजिकै पुगेको भन्दै नियन्त्रण गर्न नसके विद्यालय र बस्तीमा पुग्नसक्ने अध्यक्ष शर्माले जानकारी दिए। आगो नियन्त्रणमा ल्याउनका लागि थप प्रहरी आवश्यक परेको भन्दै हावाहुरी नरोकिए नियन्त्रणमा लिन सम्भव नहुने उनको भनाइ छ ।

‘भीषण रुपमा आगलागी भएको छ । गाउँका सबै नागरिक आएर आगो निभाउने प्रयास गरिरहेका छौँ । ठूलो हावाहुरी चलेकाले नियन्त्रणमा लिन सकिएको छैन । आगो बाटाकाचौरको शारदा मावि र किसिमकोट बस्ती नजिकै पुग्न थालेको छ’, बरेङ गाउँपालिकाका अध्यक्ष शर्माले भने, ‘आगलागी नियन्त्रणका लागि प्रहरीको टोली पनि आएको छ । थप आउने क्रममा रहेको जानकारी पाएका छौँ ।’

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ७ : ०९ बजे

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय