राजस्थान १० अंकसहित आईपिएलको शीर्ष स्थानमा « Khabarhub

राजस्थान १० अंकसहित आईपिएलको शीर्ष स्थानमा

पञ्जाबमाथि तीन विकेटको जित


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्समाथि तीन विकेटको जित निकालेको छ। राजस्थान ६ खेलमा पाँच जितसहित १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा कायम छ। चार अंक मात्र जोडेको पञ्जाब आठौं स्थानमा छ।

टस जितेर सुरुमा फिल्डिङ गरेको राजस्थानलाई पञ्जाब किंग्सले ७ विकेटको क्षतिमा १४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य राजस्थानले १ बल बाँकी हुँदा ७ विकेटको क्षतिमा १५२ रन बनाएर पूरा गरेको हो।

राजस्थानको जितमा सिम्रन हेटमायर निर्णायक बने। उनले १० बल खेल्दै नटआउट २७ रन बनाए। यशस्वी जैसवाल ३९, तनुस कोटियान २४, रियान पराग २३, कप्तान सञ्जु स्यामसनले १८ रन बनाउँदा रोभम्यान पावेलले ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

पञ्जाबका लागि कागिसो रबाडा र स्याम करनले २–२ विकेट हात पारे। अर्शदीप सिंह, लियाम लिभिङस्टोन र हर्षल पटेलले भने समान १–१ विकेट लिए।

सुरुमा ब्याटिङ गरेको पञ्जाबका लागि आशुतोस शर्माले सर्वाधिक ३१ रन बनाए। जितेश शर्मा २९ रनमा आउट हुँदा लियाम लिभिङस्टोनले २१ रन जोडे। ओपनर अथर्व तायडे र जोनी बेयरस्टो समान १५–१५ रनमा आउट भए।

पञ्जाबलाई सस्तैमा समेट्न राजस्थानका लागि अभेष खान र केशव महाराजले समान २–२ विकेट हात पारे। युजवेन्द्र चाहल, कुलदीप सेन र ट्रेन्ट बोल्टले १–१ विकेट लिए।

आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्सले प्रतिस्पर्धा गर्नेछन्। यो खेल दिउँसो ३:४५मा सुरु हुनेछ।

दोस्रो खेलमा मुम्बई इन्डियन र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन्। यो खेल साँझ ७:४५मा सुरु हुनेछ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ६ : १८ बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक