राजस्थान १० अंकसहित आईपिएलको शीर्ष स्थानमा « Khabarhub

राजस्थान १० अंकसहित आईपिएलको शीर्ष स्थानमा

पञ्जाबमाथि तीन विकेटको जित


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्समाथि तीन विकेटको जित निकालेको छ। राजस्थान ६ खेलमा पाँच जितसहित १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा कायम छ। चार अंक मात्र जोडेको पञ्जाब आठौं स्थानमा छ।

टस जितेर सुरुमा फिल्डिङ गरेको राजस्थानलाई पञ्जाब किंग्सले ७ विकेटको क्षतिमा १४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य राजस्थानले १ बल बाँकी हुँदा ७ विकेटको क्षतिमा १५२ रन बनाएर पूरा गरेको हो।

राजस्थानको जितमा सिम्रन हेटमायर निर्णायक बने। उनले १० बल खेल्दै नटआउट २७ रन बनाए। यशस्वी जैसवाल ३९, तनुस कोटियान २४, रियान पराग २३, कप्तान सञ्जु स्यामसनले १८ रन बनाउँदा रोभम्यान पावेलले ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

पञ्जाबका लागि कागिसो रबाडा र स्याम करनले २–२ विकेट हात पारे। अर्शदीप सिंह, लियाम लिभिङस्टोन र हर्षल पटेलले भने समान १–१ विकेट लिए।

सुरुमा ब्याटिङ गरेको पञ्जाबका लागि आशुतोस शर्माले सर्वाधिक ३१ रन बनाए। जितेश शर्मा २९ रनमा आउट हुँदा लियाम लिभिङस्टोनले २१ रन जोडे। ओपनर अथर्व तायडे र जोनी बेयरस्टो समान १५–१५ रनमा आउट भए।

पञ्जाबलाई सस्तैमा समेट्न राजस्थानका लागि अभेष खान र केशव महाराजले समान २–२ विकेट हात पारे। युजवेन्द्र चाहल, कुलदीप सेन र ट्रेन्ट बोल्टले १–१ विकेट लिए।

आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्सले प्रतिस्पर्धा गर्नेछन्। यो खेल दिउँसो ३:४५मा सुरु हुनेछ।

दोस्रो खेलमा मुम्बई इन्डियन र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन्। यो खेल साँझ ७:४५मा सुरु हुनेछ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ६ : १८ बजे

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न

गुरु घिमिरेले पनि गराए महामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरु

ओलीपछिको दोस्रो वरीयतामा भण्डारी, सचिवालय बैठकमा सहभागी हुने

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सचिवालय बैठकमा सहभागी

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह