चर्चामा आईपिएलका तेज बलर | Khabarhub Khabarhub

चर्चामा आईपिएलका तेज बलर


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

तेज बलिङ क्रिकेटको एउटा आकर्षण हो। ८० को दशकको वेस्ट इन्डिजका फास्ट बलरको चर्चा लामो समयसम्म रहेको थियो। सन् २००० को दशकमा आइपुग्दा विश्व क्रिकेटमा सोहेब अख्तर र ब्रेट लीको नाममा अर्को आकर्षण थियो।

तेज बलिङमा वेस्ट इन्डिजपछि अस्ट्रेलिया, न्युजील्यान्ड र दक्षिण अफ्रिकाका बलर धेरै हाबी भएका थिए। पछिल्लो समय भारतमा पनि तेज बलरको कमी छैन। आईपिएलमा भारतीय लगायत केही फास्ट बलरको चर्चा अहिले भइरहेको छ। फास्ट बलरकै कारण आईपिएलको आकर्षण नै बढ्दो छ। लखनउ सुपर जाइन्टबाट खेल्ने मायंक यादव या राजस्थान रोयल्सका नान्द्रे बर्गर, मुम्बई इन्डियन्सका गेराल्ड कोयट्जे र रोयल च्यालेन्जर बंगलोरका अल्जारी जोसेफको अहिले चर्चा भइरहेको छ।

आईपिएलको १७ औं संस्करणमा मायंक यादव चर्चामा छन्। रोयल च्यालेन्जर बंगलोरका क्यामरुन ग्रिन विरुद्धको खेलमा यादवले १५५ किलोमिटर प्रति घण्टा भन्दा बढी तेजमा दुई पटक बल फ्याकेका थिए। त्यस भन्दा अघि नै उनले पन्जाब विरुद्धको खेलमा पनि यसै गरी बलिङ गरेका थिए। दुवै खेलमा यस्तै बलिङका कारण लखनउ विजयी भएको थियो। पन्जाबसँगको खेलमा तीन विकेट लिएर २७ रन खर्चेका उनले अर्को खेलमा तीन विकेट लिएर १४ रन मात्र खर्चेका हुन्।

लखनउ सुपर जाइन्टबाट खेल्ने मायंक यादव या राजस्थान रोयल्सका नान्द्रे बर्गर, मुम्बई इन्डियन्सका गेराल्ड कोयट्जे र रोयल च्यालेन्जर बंगलोरका अल्जारी जोसेफको अहिले चर्चा भइरहेको छ।

पहिलो पटक आईपिएल खेलिरहेका दक्षिण अफ्रिकाका गेराल्ड कोयट्जेले राजस्थानका रियान परागको विरुद्धमा १५७ किलोमिटर प्रतिघण्टा बढीको गतिमा बलिङ गरेका थिए।

अहिलेसम्म आईपिएलमा सबै भन्दा तेल गतिमा बलिङ गर्ने बलरको रूपमा साउन टेट रहेका छन्। उनले सन् २०११ को आईपिएलमा १ सय ५७ दशमलव ७१ सेकेन्डको गतिमा बल फ्याकेका हुन्। तेल बलरको प्रभाव सन् २०२२ को आईपिएला पनि थियो। लुक्की फर्गुसन र उमरान मलिकको तेज बलिङले धेरैलाई प्रभावमा पारेको थियो। सन् २०२० को आईपिएलमा एनरिच र्नोत्जेको बलिङले पनि धेरैलाई असर गरेको थियो।

यसरी सबै भन्दा तेज गतिमा बलिङ गरेका टेटले तत्कालीन समयको दिल्ली डेयर डेभिल्स विरुद्धको खेलमा एरोन फिन्चको विरुद्धमा तेज बल फ्याकेका थिए। टेटले आईपिएलका चार सिजनमा सहभागिता जनाएका थिए। यस क्रममा उनले २१ खेल खेलेर २३ विकेट लिएका थिए।

मायंक यादव।

यसैगरी अर्का फास्ट बलर लुक्की फर्गुसनले गुजरात टाइटानको तर्फबाट खेल्दै राजस्थान रोयल्सको विरुद्धमा सनसनी नै मच्चाएका थिए। त्यो समयमा हार्दिक पाण्डेको उत्प्रेरणाले आफूलाई सफलता दिलाएको फर्गुसनले बताएका थिए।

सन् २०२२ मा उमरान मलिकले पनि तेज बलिका कारण चर्चा बटुलेका थिए। सनराइजर्स हैदरावादको तर्फबाट खेल्दै उनले दिल्ली क्यापिटलका रोभपान पाउललाई आउट गरेका थिए। त्यही खेलपछि उनले भारतीय राष्ट्रिय टोलीमा पनि अवसर पाएका थिए। उनले आयरल्यान्ड र बंगलादेशसँगको खेलमा यसै किसिमको सफलता पाएका हुन्।

अहिलेसम्म आईपिएलमा सबै भन्दा तेल गतिमा बलिङ गर्ने बलरको रूपमा साउन टेट रहेका छन्। उनले सन् २०११ को आईपिएलमा १ सय ५७ दशमलव ७१ सेकेन्डको गतिमा बल फ्याकेका हुन्।

सन् २०२० को आईपिएलमा र्नोत्जेले प्राय जसो खेलमा १५० भन्दा बढीको गतिमा बल फ्याकेका थिए। उनको बलिङका कारण धेरै हिटर आउट भएका थिए। उनको सबै भन्दा तेज बल भने सो संस्करणमा राजस्थान रोयल्सको विरुद्धमा थियो। उनको तेज बलिङका कारण नै सो आईपिएलमा राजस्थान फाइनलमा प्रवेश गरेको थियो। यसैगरी कासिगो रवाडाले सन् २०१९ को आईपिएलमा त्यस्तै किसिमको तेज बलिङ गरेका थिए। क्वीक बलका कारण उनी लगातार दुई सिजनको आईपिएलमा एकदमै छाएका थिए।

यो सिजनको आईपिएलमा लखनउ ५ खेलमा तीन जित सहित अङ्क तालिकाको चौथो स्थानमा छ। दुई जितका नायक भने मयंक यादव नै थिए। कोयट्जे समावेश भएको मुम्बई इन्डियन्स भने ५ खेलमा दुई जितसहित सातौँ स्थानमा छ। सुरुआती ३ खेलमा पराजयको सामना गरेको मुम्बईले त्यसपछि लगातार दुई जित हात पारेको हो। कोयट्जे तेज त छन् तर उनको बलिङमा नै धेरै रन बनेको छ।

दक्षिण अफ्रिकाका बर्गरले यो सिजनमा खेलेका प्राय खेलमा १५३ किलोमिटर प्रतिघन्टाभन्दा बढीको गतिमा बल फ्याँक्ने गरेका छन्। तेज बलरको यो सूचीमा आउने श्रीलङ्काका माथिसा पाथीसराले पनि धेरै जसो १५१ किलोमिटर भन्दा बढीको गतिमा बल फ्याँक्ने गरेका छन्।

गेराल्ड कोयट्जे ।

तेज बलिङले धेरैलाई हायल कायल पार्ने बर्गरको टोली राजस्थान अहिले तालिकाको शीर्ष स्थानमा छ। यसै वर्ष हुने टी २० विश्वकपको लागि पनि यी खेलाडीको टोलीमा प्रवेश पाउने बाटो खुला भएको छ। अहिले घाइते भएका यादवले अबका केही खेल पनि गुमाउन सक्ने छन्। सुरुआती दुई खेल जिताएका उनले गुजरातसँगको खेलमा एक ओभर मात्र बलिङ गरेका थिए। १३ रन खर्चेका उनले त्यसपछि मैदान छाडेका थिए। दिल्लीसँगको खेलमा यादव टोलीमा थिएनन्। उनको अनुपस्थितिमा लखनउले पराजयको सामना गरिसकेको छ। १९ अप्रिलका दिन चेन्नाइसँग हुने खेलमा यादव फर्कने लखनउका प्रशिक्षक जस्टिन ल्याङगरले बताएका छन्। सायद यादव पूर्ण फिट भएपछि लखनउ फेरि लयमा फर्कन सक्नेछ।

तेज बलिङले धेरैलाई हायल कायल पार्ने बर्गरको टोली राजस्थान अहिले तालिकाको शीर्ष स्थानमा छ। यसै वर्ष हुने टी २० विश्वकपको लागि पनि यी खेलाडीको टोलीमा प्रवेश पाउने बाटो खुला भएको छ।

नान्द्रे बर्गरका लागि पछिल्लो समय त्यत्तिकै विशेष बनी रहेको छ। फास्ट बलरको बिगबिगी भएको दक्षिण अफ्रिकाली खेलाडीको लागि राष्ट्रिय टोलीमा प्रवेश पाउने पक्कै चानचुने कुरा होइन। दक्षिण अफ्रिकाबाट एक दिवसीय खेलमा डेब्यु गरेको केही दिनमा राजस्थानले टोलीमा आबद्ध गरेको थियो। राजस्थानले गत डिसेम्बर महिना बर्गरका लागि विशेष भएको जनाएको थियो।

पहिलो एक दिवसीय खेलमा नै तीन विकेट लिएका बर्गरले टेस्टमा पनि चार विकेट लिएर टोलीलाई जित दिलाएका थिए। अबको दिन दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीमा बर्गरको नियमित उपस्थितिको अनुमान गर्न थालिएको छ। बर्गर नै जितका लाग उपयोगी साबित भएको खेल रोयल च्यालेन्जर बैंगलोरसँग पनि हो। सो खेलमा उनले विस्फोट ब्याट्सम्यान ग्लेन म्याक्सवेललाई १ रनमै बोल्ड गरेका थिए।

यस अघि मुम्बई इन्डियन्स सँगको खेलमा पनि उनले ईशान किसन र टिम डेभिडको विकेट लिएका थिए। दिल्लीसँगको खेलमा उनले सुरुआतमै दुई विकेट लिए पछि राजस्थानको जित सहज भएको थियो। लखनउको सँगको खेलमा भने उनले १ विकेट मात्र लिएका थिए। यो आईपिएलका अझ धेरै खेल अघि बढ्ने छन्।
यी धेरै खेलमा यादव, बर्गर, जोसेफ र कोयट्जेका साथै अन्य स्थापित बलरको पनि फास्ट बलको आकर्षण देख्न पाइन्छ। यो आईपिएलकै कारण भारतीय राष्ट्रिय टोलीमा समेत यादवको प्रवेशको बाटो खुला भएको छ। बर्गरले पनि टोलीमा नियमित स्थान पाउने सम्भावना बढ्दो छ। स्रोत : क्रिकइन्फो, स्पोट्स केडिया, राजस्थान रोयल्स, टाइम्स अफ इन्डिया र जाभा प्वाइन्ट

रोयल च्यालेन्जर बंगलोरका अल्जारी जोसेफ ।

 

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ८ : १३ बजे

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा