ज्योतिषको नजरमा नयाँ साल : ३० प्रतिशत शुभ « Khabarhub

ज्योतिषको नजरमा नयाँ साल : ३० प्रतिशत शुभ


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राशीफल वा ज्योतिषको भविष्यवाणीलाई विश्वास गर्ने, नगर्ने दुबैखाले विचार समाजमा पाइन्छन् । विश्वास आ–आफ्नै हो, तर हरेक वर्ष नयाँ सालमा पात्रो फेरिने गर्दछ । पञ्चाङ्ग पात्रोमा ज्योतिषहरुले ‘वार्षिक भविष्यफल’ लेख्दै आएका छन् ।

नयाँवर्ष ०८१ सालको तोयना पञ्चाङ्ग पात्रोमा नयाँ वर्ष ३० प्रतिशत शुभ र ७० प्रतिशत अशुभ रहेको दाबी गरिएको छ ।

ज्योतिषले यतिसम्म भनेका छन् कि जलवायु परिवर्तनको कुप्रभावले विद्यमान तापक्रममा प्रतिकूलताले अशान्ति छाउला ।

राजनीतिमा भने केही विवादित विषयहरु निस्के पनि खासै बिग्रह नमिच्चने तोयनाथ पञ्चाङ्गको दाबी छ ।
यसै सन्दर्भमा ज्योतिष पण्डित सूर्यनाथ लुइँटेलको नजरमा ०८१ साल कस्तो रहला भन्ने विश्लेषण पढौं–

विसं.२०८१ मा कालयोग छ । यो भनेको खासै राम्रो समय नभएको संकेत हो । हामी कलियुगको प्रथम चरणमा छौं । कलियुगको ४ लाख ३२ हजार आयु रहेको छ । ५ हजार १२५ वर्ष बित्यो । यो भर्खर सुरु भएको हो । चोर फटाहाहरु कानुनको दायरामा तानिनेछन् तर खराब न्याय दिने हुन्छ ।

नौ ग्रहमध्ये अहिले खगोलशास्त्रमा मन्त्रिमण्डल गठन भएको छ । मन्त्रिपदमा शनिदेव रहेका छन् । राजपदमा भौम रहेका छन् । शनिदेव र भौमदेवबीचमा आपसी सम्बन्ध कस्तो रहन्छ भने यिनीहरुको तादम्यले राज्यका सबै संयन्त्रलाई कडा बनाउँछन् । कानुन र धर्मको मर्यादामा सेटिङबाट मात्रै काम हुन्छ ।

फागुनदेखि उताको समय उल्लासमय छ । राजनीतिक उतारचढाव कम हुँदै जान्छ । विद्यार्थी, किसान, व्यापारीदेखि सबै क्षेत्रले राहत पाउने अवस्था आउँछ ।

सामान्य भन्दा सामान्य कामका लागि नागरिकले घुस खुवाउनपर्ने हुन्छ । नेता, कर्मचारीले नागरिकलाई धेरै दुःख दिने सम्भावना छ । नेपालमा अतिवृष्टि, अनावृष्टिको योग रहेको छ ।

महिला शक्तिहरुबाट पुरुष शक्तिहरु प्रताडित बन्ने सम्भावना देखिन्छ । पहिले पुरुषहरुबाट महिलाहरु प्रताडित बन्दै आएको हो । तर समय उल्टो हुँदै जाने छ । सूर्यपञ्चाङगको पृष्ठ १३ मा सूर्यदेवको गति अर्थात् साढेसाती रहेको देखिन्छ ।

कुम्भ राशीमा शनिदेव रहेकाले गोचरीबाट गन्दा ४, ८, १२ र आफ्नै राशिमा जहाँ–जहाँ सनिदेव छन्, तिनीहरुलाई साढेसात वर्ष शनि रहँदा साढेसाती भनिन्छ ।

२०८१ मा मकर राशिलाई वर्षभरि यो दशा रहन्छ । कुम्भ राशीलाई मध्ये साढेसाती रहन्छ । मीन राशीलाई आध्य साढेसाती रहन्छ । कर्कट र वृषलाई अढैया साढेसाती छ । यो शनिदेवको गोचरी ग्रह भनेको गोचरमा घुम्दै गर्दा पर्ने छाया हो ।

तर, त्यसो भनिरहदाँ आत्तिहाल्नुपर्ने छैन । जन्मकुण्डलीमा शनिदेव आफ्नै घरमा बसेका छन् । तेस्रो, छैटौं, एघारस्थानमा शनिदेव रहेका छन् । जसमा ठु–ठुला उन्नति प्रगति हुन्छ ।

समय नराम्रो देखाएर ठूला मानिसहरुले छलकपट गर्छन् । नागरिकले सर्तकता अपनाउनुपर्छ । शनिदेव ठाउँमा रहेभने राम्रो काम गर्छन् । हतियार हातमा छ, अर्कोले समात्यो भने खतरा हुन्छ । आफूले समात्यो भने त्यो उपयोगी हुन्छ ।

तरकारी काट्न र रुख काट्न त्यो हतियारको काम हुन्छ । तर कसैले उल्टोगरी चलाइदियो र आफूले बिँडमा समाउन पाइएन भने त्यसले क्षति गर्छ ।

शनिदेव भनेको चाहिने ग्रह हो । तर, साढेसाती छ भने पिपलको रुखलाई अँगालो मार्ने , पानी चढाउने, दर्शन गर्दा सनिदेव शान्त हुन्छन् ।

नेताहरुमा धेरै तर्क र कुतर्क धेरै हुन्छ । विश्वमा लाज हुने अतितर्क हुनेछ । यो असाध्यै अशुभ देखिन्छ । अर्को, सनातन धर्मालम्बीहरुमाथि आक्रमण हुन्छ । अरु धर्मका मानिहरुले थिचोमिचो गर्छन् । धार्मिक युद्ध हुन सक्छ ।

धेरै वृद्धवृद्धाहरुको चित्कार सुन्नमा आउछ । कालनाथ समयमा वृद्धाहरुको संरक्षणमा हेलचेक्र्याइँ गरिन्छ । परिवारदेखि राज्य संयन्त्रसम्मले उनीहरुलाई अपहेलना गर्छन् । अर्को, कोरोना जस्तै नयाँ रोग देखिन सक्छ । खानपानदेखि जीवनशैलीमा परिवर्तन गर्न आवश्यक छ । यो समय अलि बढी रोग, उतारचढाव आउन सक्छ ।

विदेश गएको ताँती देखेर स्वदेशमा बस्नेहरुलाई निराश बनाउनेछ । वैदेशिक रोजगारीमा ८० मा भन्दा धेरै ८१ मा जानेछन् ।

फागुनदेखि उताको समय उल्लासमय छ । राजनीतिक उतारचढाव कम हुँदै जान्छ । विद्यार्थी, किसान, व्यापारीदेखि सबै क्षेत्रले राहत पाउने अवस्था आउँछ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ८ : २३ बजे

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं– विद्यालयमा राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन, २०२५  आज

निर्वाचन आयुक्तको सुनुवाइ : कानुनदेखि विदेशी मतदानसम्म प्रश्न

काठमाडौं– सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित दुई निर्वाचन आयुक्तले

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक