सरकार संसदबाट भाग्यो : कांग्रेस « Khabarhub

सरकार संसदबाट भाग्यो : कांग्रेस


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले सरकारले संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम गरेको भन्दै संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णयको भर्त्सना गरेको छ ।

आज बिहान बसेको संसदीय दलको बैठकले सरकार जनताका समस्याप्रति गैरजिम्मेवार हुँदै संसदको हिउँदे अधिवेशन अन्त्य गरेकोप्रति निन्दा गरेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

लेखकले बैठकका निर्णय जानकारी दिदै प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने सत्तापक्षीय तर्क लज्जास्पद रहेको बताए । उनले सरकारको तानाशाही प्रवृत्तिका कारण दुई दिनबाहेक संसदका कुनै पनि काम कारबाही अवरोध नगरेको स्पष्ट पारे ।

सरकारका उपप्रधान तथा गृहमन्त्री नै सहकारी ठगीमा संलग्न रहेको विषयमा छानबिन गर्न माग गर्दा सरकार सदनबाट भागेको कांग्रेसले टिप्पणी गरको हो ।

कांग्रेसले सहकारी ठगीको विश्वसनीय छानबिनको पक्षमा थप दृढताका साथ उभिने निर्णय गरेको लेखकले जानकारी दिए ।

साथै बैठकले संसदमा विधेयक प्रस्तुत गर्न नसकेको भन्दै सरकार नागरिकका जनजिविकाका सवालमा असफल भएको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ११ : ३८ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही