क्यान्सर उपचारमा थप २५ हजार सहुलियत  « Khabarhub

क्यान्सर उपचारमा थप २५ हजार सहुलियत 


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– चितवनको रत्ननगर नगरवासीले क्यान्सरको उपचारमा थप सहुलियत पाउने भएका छन् । क्यान्सरपीडित बिरामीलाई सङ्घ सरकारले रु एक लाख र प्रदेश सरकारले रु ५० हजार सहुलियत दिँदै आएकामा नगरपालिकाले थप रु २५ हजार दिने निर्णय गरेको हो ।

रत्ननगर नगरपालिकाको विशेष नगरसभाले क्यान्सरपीडितलाई सामाजिक उत्तरदायित्व अन्तर्गत २५ हजार सहयोग उपलब्ध गराउने घोषणा गरिएको नगर प्रमुख प्रह्लाद सापकोटाले जानकारी दिए । उनले छिट्टै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरसँग सहयोग सम्बन्धी सम्झौता गरिने बताए ।

उनले भने, ‘यो सम्झौता २०८१ सालको वैशाख १ गते देखि लागू हुन्छ ।’ सम्झौता अनुसार क्यान्सर उपचार गराइरहेका पालिकाभित्रका व्यक्तिले सङ्घ र प्रदेश सरकारबाट खर्च लिइसकेपछि नगरपालिकाले सहयोग रकम उपलब्ध गराउनेछ ।

‘क्यान्सर भन्ने बित्तिकै पीडादायिक रोग बुझिन्छ हाम्रो पालिकाभित्र कयौँ व्यक्ति क्यान्सरको पीडामा हुनुहुन्छ’, उनले भने, ‘उहाँहरुको उपचारका लागि पालिकाबाट सहुलियत होस् भनी यसको सुरुवात गरिएको हो ।’

हाल रत्नगरका दुई सय सात जना क्यान्सरका बिरामी उपचाररत रहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ३ : २४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार