रास्वपा सरकारमा गएकै कारण कांग्रेसले सदन अवरुद्ध गर्‍यो : सचेतक परियार « Khabarhub

रास्वपा सरकारमा गएकै कारण कांग्रेसले सदन अवरुद्ध गर्‍यो : सचेतक परियार


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले रास्वपा सरकारमा गएकै कारण कांग्रेसले सदन अवरुद्ध गरेको टिप्पणी गरेका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले प्रधानमन्त्रीको अफर गरेको पार्टी सरकारमा गएकाले प्रतिशोध साध्न कांग्रेसले संसद् अवरुद्ध गरेको टिप्पणी गरेका हुन् ।

उनले कांग्रेसले राजनीतिक कारण नभई व्यक्ति र जनमत प्राप्त रास्वपाको अस्तित्वलाई स्वीकार गर्न नसकेको जिकिर गरे । सदनको गतिरोध अन्त्यका लागि धेरै पटक छलफल, संवाद गरे पनि कांग्रेसले अडान नछाडेपछि अहिलेको अवस्था आएको उनले बताए ।

परियारले कांग्रेसको विरोधका कारण सरकार भागेको नभई समयमा नै बजेट ल्याउनका लागि र सदनको काम कारबाही प्रभावकारी बनाउनका लागि चालू अधिवेशन अन्त्य गरेको धारणा राखे ।

उनले बजेट अधिवेशनसम्म सबै कुरा छर्लङ्ग हुने बताए ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ३ : ४९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको