चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा गर्‍यो नौ सैनिक अभ्यास « Khabarhub

चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा गर्‍यो नौ सैनिक अभ्यास


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा जापान, अस्ट्रेलिया र अमेरिकासँगै संयुक्त नौ सैनिक अभ्यास सञ्चालन गरेको छ ।

पछिल्लो समय दक्षिण चीन सागरका विषयलाई लिएर चीन र फिलिपिन्सबीच तनाव बढ्दै गइरहेको छ । यससँगै चीनले फिलिपिन्सलाई कुनै किसिमको अभ्यास सञ्चालन नगर्न चेतावनी दिएको थियो ।

फिलिपिन्सले दक्षिण चीन सागरमा रहेको सेकेण्ड थोमस शोल नजिकै नौ सैनिक अभ्यास सञ्चालन गरेको हो । यो स्थान फिलिपिन्सको पलवान टापुबाट १ सय ९४ किलोमिटर र चीनले आफ्नो सार्वभौमिकता दाबी गर्ने मिशसेफ रिफबाट ३२ किलोमिटरको दुरीमा रहेको छ ।
त्यसअघि चीनको रक्षा मन्त्रालयका प्रवक्ता वु चियानले सेकेण्ड थोमस शोलमा समेत आफ्नो मुलुकको दाबी रहेको भन्दै सो क्षेत्रमा कुनै पनि उत्तेजक गतिविधि नगर्न चेतावनी दिएका थिए ।

सेकेण्ड थोमस शोल क्षेत्रमा फिलिपिन्सको बीआरपी सिएरा माद्रे पानीजहाज रोकिएको अवस्थामा रहेको छ । सो स्थिर पानीजहाजलाई फिलिपिन्सले नौ सैनिक गढका रूपमा प्रयोग गर्दै आएको छ ।

सोही क्षेत्रमा पछिल्लो समय चीन र फिलिपिन्सबीच नौ सैनिक तनाव बढ्दै गइरहेको छ । केही समयअघि सो क्षेत्रमा चिनियाँ नौ सैनिक पानीजहाजले फिलिपिनी जहाजलाई लक्षित गरी पानीको फोहोरा प्रहार गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ४ : २९ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही