चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा गर्‍यो नौ सैनिक अभ्यास | Khabarhub Khabarhub

चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा गर्‍यो नौ सैनिक अभ्यास


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा जापान, अस्ट्रेलिया र अमेरिकासँगै संयुक्त नौ सैनिक अभ्यास सञ्चालन गरेको छ ।

पछिल्लो समय दक्षिण चीन सागरका विषयलाई लिएर चीन र फिलिपिन्सबीच तनाव बढ्दै गइरहेको छ । यससँगै चीनले फिलिपिन्सलाई कुनै किसिमको अभ्यास सञ्चालन नगर्न चेतावनी दिएको थियो ।

फिलिपिन्सले दक्षिण चीन सागरमा रहेको सेकेण्ड थोमस शोल नजिकै नौ सैनिक अभ्यास सञ्चालन गरेको हो । यो स्थान फिलिपिन्सको पलवान टापुबाट १ सय ९४ किलोमिटर र चीनले आफ्नो सार्वभौमिकता दाबी गर्ने मिशसेफ रिफबाट ३२ किलोमिटरको दुरीमा रहेको छ ।
त्यसअघि चीनको रक्षा मन्त्रालयका प्रवक्ता वु चियानले सेकेण्ड थोमस शोलमा समेत आफ्नो मुलुकको दाबी रहेको भन्दै सो क्षेत्रमा कुनै पनि उत्तेजक गतिविधि नगर्न चेतावनी दिएका थिए ।

सेकेण्ड थोमस शोल क्षेत्रमा फिलिपिन्सको बीआरपी सिएरा माद्रे पानीजहाज रोकिएको अवस्थामा रहेको छ । सो स्थिर पानीजहाजलाई फिलिपिन्सले नौ सैनिक गढका रूपमा प्रयोग गर्दै आएको छ ।

सोही क्षेत्रमा पछिल्लो समय चीन र फिलिपिन्सबीच नौ सैनिक तनाव बढ्दै गइरहेको छ । केही समयअघि सो क्षेत्रमा चिनियाँ नौ सैनिक पानीजहाजले फिलिपिनी जहाजलाई लक्षित गरी पानीको फोहोरा प्रहार गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ४ : २९ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार