‘डिग्री माइला’लाई दर्शकको उत्साहजनक साथ « Khabarhub

‘डिग्री माइला’लाई दर्शकको उत्साहजनक साथ


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दयाहाङ राई को मुख्य भूमिका रहेको ‘डिग्री माइला’ले दर्शकबाट उत्साहजनक साथ पाएको छ । वितरक गोविन्द शाहीका अनुसार शुक्रबार मध्याह्न देखि यताका सबै शोहरु हाउसफूल छन् ।

नयाँ वर्षलाई लक्षित गरी प्रदर्शनमा ल्याइएको यस फिल्मले अपेक्षित व्यापार गरिरहेको निर्माण पक्षको दाबी छ । सबै शो हाउसफूल भएपछि केही हलहरूले शोसमेत थप गरेको वितरक बताउँछ ।

नयाँ वर्षको दोस्रो दिन आइतबार फिल्मले दर्शकबाट सन्तोषजनका साथ पाएको छ । करिब ९० प्रतिशत अनुपेन्सीका साथ फिल्म तेस्रो दिनमा प्रदर्शनरत छ ।  बुकिङ हेर्दा पनि गुनासो गर्ने स्थान छैन ।

दर्शकहरुको प्रतिक्रिया बुझ्न निर्माण पक्ष हल-हलमा पुगेको छ । गत वर्ष सुपरहिट फिल्म ‘जारी’ दिएका वर्षको सुरुवात गरेका दयाहाङले यो वर्ष ‘डिग्री माइला’ ल्याएका छन् । दर्शकको सुरुवाती साथ हेर्दा उनको यो वर्षको सुरुवात पनि सुखद हुने देखिन्छ ।

हालसम्म यो फिल्मलाई दर्शकले दिएको साथ खुसी गर्न लायक रहेको कार्यकारी निर्माता मणिराम पोखरले बताउँछन्  ।

बाँसुरी फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको निर्देशक र लेखक रामबाबु गुरुङ हुन् । यो फिल्म मास्टर डिग्रीको शैक्षिक योग्यताको अहमताले भरिएको ‘डिग्री माइला’ पात्र र समाजले ऊसँग राखेको अपेक्षा तथा परिस्थितिजन्य तनावको कथा पेस गर्छ।

फिल्मा दयाहाङ, आँचल शर्मा, प्रकाश घिमिरे, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय रहेको छ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ५ : १० बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित