सुदूरपश्चिम नाउपाकी सांसद इन्दिरा गिरीको पुनर्बहाली « Khabarhub

सुदूरपश्चिम नाउपाकी सांसद इन्दिरा गिरीको पुनर्बहाली


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठको कारबाहीमा परेकी सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीको पुनर्बहाली भएको छ ।

नाउपाकी समानुपातिक सांसद गिरीलाई सर्वोच्च अदालतले पदबाट नहटाउन अन्तरिम आदेश दिएपछि उनको पद पुनर्बहाली भएको हो ।

आजै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ । यसअघि पार्टीको निर्णय विपरीत गएको भन्दै गिरीलाई नाउपा अध्यक्ष  रञ्जिता श्रेष्ठले प्रदेश सभा सदस्यबाट हटाएको पत्र पठाइकी थिइन ।

अध्यक्ष श्रेष्ठको पत्रपछि सुदूरपश्चिम प्रदेशका सभामुखले गिरीलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ६ : २२ बजे

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली