कुमारी बैंकको नयाँ वर्ष अफर : भाग्यशाली एक ग्राहकलाई आइफोन १५ जित्ने मौका « Khabarhub

कुमारी बैंकको नयाँ वर्ष अफर : भाग्यशाली एक ग्राहकलाई आइफोन १५ जित्ने मौका


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंकले डिजिटल बैंकिङ अनुभवको अभिवृद्धि गर्नका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान ‘नयाँ वर्ष २०८१ जितौँ आइफोन १५ एक्कासि’ सुचारु गरेको छ ।

यस अभियानअन्तर्गत बैंकका नयाँ तथा पुराना ग्राहकहरूले कुमारी स्मार्ट एप प्रयोग गरी ५०० रुपैयाँको र कुनै पनि एउटा डाटा प्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यु आइफोन १५ जित्न सक्नेछन् ।

यस अभियानमा सहभागी हुन ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्न सक्नेछन् । साथै यो अभियानको अवधि वैशाख १ देखि वैशाख ३१ गतेसम्म रहेको बैंकले जानकारी दिएको छ ।

कुमारी बैंकले ३०२ शाखा, ५० वटा एक्सटेन्सन काउन्टर र ६७ वटा शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिँदै आएको छ ।
 

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ६ : ३२ बजे

इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत

एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते 

काठमाडौं– राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको

सरकारले माग पुरा नगरे अनिश्चितकालीन आन्दोलनमा जाने शैक्षिक परामर्श व्यवसायीको घोषणा

काठमाडौं– शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा

प्रतिनिधिसभा बैठक : कसले के-के भने ? 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मिटरब्याज (अनुचित लेनदेन) पीडितका माग तत्काल