‘डिग्री माइला’को दुई दिनको कमाइ तीन करोड नाघ्यो ! « Khabarhub

‘डिग्री माइला’को दुई दिनको कमाइ तीन करोड नाघ्यो !


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नयाँ वर्षलाई लक्षित गरी ल्याइएको फिल्म  ‘डिग्री माइला’ले सुरुवाती दुई दिनमा सुखद व्यापार गरेको  छ ।  वितरक गोविन्द शाहीका अनुसार यस फिल्मले शुक्रबार र शनिबार तीन करोड तीन लाखभन्दा बढी ‘ग्रस कलेक्सन’ गरेको छ ।

फिल्मले पहिलो दिन ९८ लाख र दोस्रो दिन दुई करोड आठ लाखको व्यापार गरेको वितरक शाहीले जनाए । तेस्रो दिन आइतबार पनि हलमा उच्च अकुपेन्सीका फिल्म चलिरहेको निर्माण पक्षको दाबी छ ।

निर्माता मणिराम पोखरेल भन्छन्, ‘तेस्रो दिन पनि हलमा दर्शकको अकुपेन्सी उच्च रहेको छ । दर्शकको माया सिनेमाले पाइरहेको छ । शो र वर्ड अफ माउथ दुवै राम्रो भएकाले व्यापार राम्रो भइरहेको छ ।’

रामबाबु गुरुङकै लेखन र निर्देशन रहेको यस फिल्ममा डिग्रीको अहमता देखाउने युवाको कथालाई रोचक ढंगले देखाइएको छ । फिल्ममा दयाहाङ राई र आचल शर्मा, बुद्धि तामाङ, विजय बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको मुख्य  अभिनय छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको यस फिल्मका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । कार्यकारी निर्माता भने क्रिश लामा हुन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ७ : २९ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी