सुप्रिम सहकारी ठगी प्रकरण : जीबी र दीपेशसहित २८ जना प्रतिवादी « Khabarhub

सुप्रिम सहकारी ठगी प्रकरण : जीबी र दीपेशसहित २८ जना प्रतिवादी


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी बारे प्रहरीले अनुसन्धान टुंग्याएको छ। शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलले अनुन्धानको प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाएको हो ।

प्रतिवेदनमा प्रहरीले सहकारीका संस्थापक जीबी भन्ने गितेन्द्रबाबु राईसहित २८ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको छ भने १ अर्ब २ करोड मागदाबी लिनुपर्ने राय प्रतिवेदनमा समावेश गरिएको छ ।

राईसहित अध्यक्ष ओमप्रकाश गुरुङ, दीपेशकुमार पुन, कुमार रम्तेल, दुर्गा चापागाईं पाण्डे, भवीश्वर अर्याल, नीता थापा, दीपक न्यौपाने, रोशनी गुरुङलाई प्रतिवादी बनाउनु पर्ने प्रहरीको राय छ ।

साथै प्रहरीले सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, धीरजकुमार दास, असव अलि सिद्धिकी, बुद्धि गुरुङ, आशिस आनन्त, मोजहर मोहम्मद, लिगल ढुंगाना, औबहादुर गुरुङ र स्यान्जिक राजभण्डारी, भुपेन्द्र राई, हेमन्त अधिकारी, कविता तामाङ र नवीन अछामी पनि प्रतिवादी बनाउनु पर्ने राय प्रतिवेदनमा समावेश गरेको छ ।

यीमध्ये अध्यक्ष ओमप्रकाश गुरुङ, दुर्गा चापागाईं पाण्डेय र पूर्वकोषाध्यक्ष दीपेश पुन पक्राउ परेका छन्। भने जीबीसहित अन्य फरार छन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ८ : ४६ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख