नेपाललाई समृद्धिको बाटोमा बढ्न नदिने प्रयास भइरहेको छ – प्रधानमन्त्री « Khabarhub

नेपाललाई समृद्धिको बाटोमा बढ्न नदिने प्रयास भइरहेको छ – प्रधानमन्त्री


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सुशासनको व्यवस्थित मार्ग समातेको देशको रूपमा अगाडि बढ्न नदिने प्रयासहरू भइरहेका बताएका छन् ।

नेकपा (एमाले)ले शनिबार बूढानीलकण्ठमा आयोजना गरेको ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला’ सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका ओलीले नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढ्नै नदिने प्रयासहरू भइरहेका बताएका हुन् ।

‘नेपालमा शान्ति, सु–व्यवस्था, ल एन्ड अर्डर कायम हुन नदिने, नेपाललाई सुशासनको एउटा व्यवस्थित मार्ग समातेको देशको रूपमा अघि बढ्न नदिने प्रयासहरू भइरहेका छन्,’ ओलीले भने, ‘नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढ्नै नदिने प्रयासहरू भइरहेका छन् । यसरी नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफल हुनै नदिने भनेर कतिपय एउटा माहोल खडा गर्ने कोसिस भइरहेको छ ।’

यसमा कोही जानेर, कोही नजानेर र कोही योजनावद्ध ढंगले लागेका प्रधानमन्त्रीको भनाइ थियो । ‘उनीहरूसँग कुनै सत्य र तथ्यको बाटो हुँदैन । उनीहरूसँग झुट, भ्रम षडयन्त्र, तिगडमको सहारा हुन्छ,’ ओलीले भने, ‘ सत्य कुरालाई रोक्ने, असत्यलाई बढावा दिने, असत्यको ढ्याङ्गो बजाउने त्यो बाटो उनीहरूको हुन्छ ।’

प्रधानमन्त्री ओलीले अधिनायकवादी राजतन्त्रको पक्षमा अहिलेको जरी मानिसहरू उफ्रिएको आफूले कहिल्यै नदेखेको पनि बताए । ‘अहिले सामन्ती, निरंकुश र अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले कहिल्यै देखेको छैन,’ ओलीले थपे, ‘राजतन्त्र हुँदा पनि केही पञ्चहरू भेला हुन्थे, अनि कराउँथे । अहिले त्यो भन्दा बढी आशाधारी कराइरहेका छन् ।’

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ४ : १३ बजे

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा

एमाले बैठकमा नेतृत्व परिवर्तनसम्बन्धी कुनै प्रतिवेदन पेश हुँदैन : पद्मा अर्याल

काठमाडौं- नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले आइतबार बस्ने पार्टी सचिवालय