नेपाललाई समृद्धिको बाटोमा बढ्न नदिने प्रयास भइरहेको छ - प्रधानमन्त्री | Khabarhub Khabarhub

नेपाललाई समृद्धिको बाटोमा बढ्न नदिने प्रयास भइरहेको छ – प्रधानमन्त्री


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सुशासनको व्यवस्थित मार्ग समातेको देशको रूपमा अगाडि बढ्न नदिने प्रयासहरू भइरहेका बताएका छन् ।

नेकपा (एमाले)ले शनिबार बूढानीलकण्ठमा आयोजना गरेको ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला’ सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका ओलीले नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढ्नै नदिने प्रयासहरू भइरहेका बताएका हुन् ।

‘नेपालमा शान्ति, सु–व्यवस्था, ल एन्ड अर्डर कायम हुन नदिने, नेपाललाई सुशासनको एउटा व्यवस्थित मार्ग समातेको देशको रूपमा अघि बढ्न नदिने प्रयासहरू भइरहेका छन्,’ ओलीले भने, ‘नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढ्नै नदिने प्रयासहरू भइरहेका छन् । यसरी नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफल हुनै नदिने भनेर कतिपय एउटा माहोल खडा गर्ने कोसिस भइरहेको छ ।’

यसमा कोही जानेर, कोही नजानेर र कोही योजनावद्ध ढंगले लागेका प्रधानमन्त्रीको भनाइ थियो । ‘उनीहरूसँग कुनै सत्य र तथ्यको बाटो हुँदैन । उनीहरूसँग झुट, भ्रम षडयन्त्र, तिगडमको सहारा हुन्छ,’ ओलीले भने, ‘ सत्य कुरालाई रोक्ने, असत्यलाई बढावा दिने, असत्यको ढ्याङ्गो बजाउने त्यो बाटो उनीहरूको हुन्छ ।’

प्रधानमन्त्री ओलीले अधिनायकवादी राजतन्त्रको पक्षमा अहिलेको जरी मानिसहरू उफ्रिएको आफूले कहिल्यै नदेखेको पनि बताए । ‘अहिले सामन्ती, निरंकुश र अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले कहिल्यै देखेको छैन,’ ओलीले थपे, ‘राजतन्त्र हुँदा पनि केही पञ्चहरू भेला हुन्थे, अनि कराउँथे । अहिले त्यो भन्दा बढी आशाधारी कराइरहेका छन् ।’

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ४ : १३ बजे

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको  शुभकामना व्यक्त गर्दै

चारआना, चारपाङ्ग्रे र चाकरीको चकचकी

आँगनमा चारो टिप्दै गरेको कुखुरा हेरेर टोलाइरहेको एउटा मनोरोगी गम्न