आज २०८१ साल जेठ १ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल जेठ १ गते मंगलबारको राशिफल


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार तदनुसार सन् २०२४ मे १४ तारिख। वैशाख शुल्क पक्षको सप्तमी तिथि। गंगा सप्तमी गंगो उत्पती भएको दिन। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : समय चुनौतीपूर्ण छ। पैसाको सुख भए पनि इमान्दार साथीको अभाव हुनेछ। तपाईंको पक्षमा बोल्ने मान्छेको खाँचो हुने देखिन्छ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक काम र पारिवारिक भेटघाटमा दिन बित्नेछ।

वृष : खर्च बढी हुने देखिन्छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। विदेशमा भन्दा स्वदेशमा लगानी गर्दा फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन रमाइलो बन्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। दीर्घकालीन योजना बनाएर लगानी गर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा प्रगति हुनेछ। परिवारको साथ मिल्नेछ।

कर्कट : चन्द्रमा तपाईंकै राशिमा भएकाले तपाईंको सम्मान हुनेछ। सामाजिक क्षेत्रमा तपाईंले गरेको कामको प्रशंसा हुनेछ। व्यापार विवादित हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी नगर्नु राम्रो हुनेछ। सुन्दरताका पछाडि लाग्दा साथी गुमाउनुपर्ने जोखिम देखिन्छ।

सिंह : राम्रो आम्दानी हुनेछ। जुन क्षेत्रमा लगानी गरे पनि फाइदा हुनेछ। निर्णय लिन नसक्दा परिवारमा खटपटी हुने देखिन्छ। व्यवहार गर्दा विवेक प्रयोग गर्नुपर्ने दिन छ। पैसाको घमण्डले परिवार बिग्रने जोखिम देखिन्छ।

कन्या : सुरक्षाको सुनिश्चितता भएकाले आज लगानी गर्न डराउनु पर्दैन। शिक्षामा गरेको लगानीबाट ठुलो फाइदा हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : आजको दिन रमाइलो गरेर बित्नेछ। परिवारसँगको रमाइलो अविस्मरणीय हुनेछ। रमाइलो गर्दा खानपानमा भने विशेष ख्याल गर्नुपर्ने देखिन्छ। व्यापारमा नाफा आर्जन हुनेछ। शिक्षामा प्रगति हुनेछ भने वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ प्राप्त हुनेछ।

वृश्चिक : अधिकारका लागि कडा रुपमा प्रस्तुत हुनुपर्ने दिन छ। झुटा आरोप लाग्ने जोखिम रहेकाले सचेत हुनुपर्ने देखिन्छ। आज ठुला उद्योगमा लगानी नगर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनु : व्यापारमा भएको लगानीबाट फाइदा हुनेछ। विदेशमा गरेको लगानीले खुशी मिल्नेछ। शिक्षा क्षेत्रमा भने सफलता प्राप्त गर्न प्रतिक्षा गर्नुपर्नेछ। परिवारको माया पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : अचानक खर्च बढ्नेछ। जुनसुकै काम गर्दा पनि तीन पटक सोच्नु राम्रो हुन्छ। खर्चबाट बच्नका लागि गणेशको सम्झना गर्नु राम्रो हुनेछ। काम गर्नु अगाडि परिवारको सुझाव लिनु उत्तम हुन्छ।

कुम्भ : धेरै रिस उठ्ने देखिन्छ। सोचेर नबोल्दा नराम्रो शब्द सार्वजनिक हुने जोखिम हुन्छ। गणेशको दर्शन गरेर कामको सुरुवात गरेमा सफलता मिल्नेछ। जन्मुकण्डली हेरेर दिन शान्त पार्न सकिन्छ।

मीन : झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। आफ्ना सहकर्मीले कुरा काट्ने गर्छन्। सोचेर र मन शान्त राखेर व्यवहार गर्नु उचित हुनेछ। परिवारबाट हुने साथ र सहयोग राम्रो रहनेछ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ५ : १२ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी