कांग्रेस संसदीय दलको बैठक बस्दै, संसद चल्न देला त ? « Khabarhub

कांग्रेस संसदीय दलको बैठक बस्दै, संसद चल्न देला त ?


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ ।

हिजो दिउँसोका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरि आजका लागि बोलाइएको हो ।

आज सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरिरहेको अवस्थामा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

यसअघि हिजो पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार छानबिन समिति गठन गर्न तयार नभए नीति तथा कार्यक्रम पेस गर्न नदिने निर्णय गरेको थियो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ६ : १९ बजे

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख