सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै « Khabarhub

सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै


१ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आज आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम रहेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ९५ अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ । सभामा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम राष्ट्रपतिलाई बुझाए पछि राष्ट्रपतिले सदनको संयुक्त बैठकमा वाचन गर्नेछन् ।

राष्ट्रपतिले वाचन गरेपछि अर्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमको प्रति टेबल गर्ने कार्यसूची रहेको छ ।

यता, प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी दलहरु संसद अवरुद्ध गर्ने अडानबाट पछि नहटेका कारण नीति तथा कार्यक्रम पेस हुने विषय अन्योलमै छ ।

कांग्रेससहितका विपक्षी दलले सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएका छन् ।

सहज रुपमा नीति तथा कार्यक्रम ल्याउन प्रधानमन्त्री दाहालले सरकारमा सहभागी दल तथा प्रतिपक्ष दल कांग्रेसलगायतसँग छलफल गरे पनि सहमति भने हुन सकेको छैन ।

 

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ६ : ४० बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ