मेयर बालेन ‘कान्स फिल्म फेस्टिभल’मा भाग लिन फ्रान्स प्रस्थान « Khabarhub

मेयर बालेन ‘कान्स फिल्म फेस्टिभल’मा भाग लिन फ्रान्स प्रस्थान


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ७७ औँ कान्स फिल्म फेस्टिभलमा भाग लिन फ्रान्स प्रस्थान गरेका छन् ।

मेयर शाह कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा फेस्टिभलमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

शाहका साथमा व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि रहेका छन् ।

उनीहरूलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र प्रशासन विभागका प्रमुख दीपक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरे ।

फ्रान्समा रहँदा शाह फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुने छन् । त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनी फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी हुनेछन् भने अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन समेत गर्ने छन् ।

कान्स र काठमाडौँ युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् ।

१२ दिनसम्म चल्ने फेस्टिभलमा मेयर बालेन तीन दिनको कार्यक्रममा सहभागी भइ जेठ ७ गते स्वदेश फर्किने कार्यक्रम छ ।

 

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ७ : २२ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले