बालुवाटारमा कांग्रेस नेताहरुसँग प्रधानमन्त्रीको छलफल जारी « Khabarhub

बालुवाटारमा कांग्रेस नेताहरुसँग प्रधानमन्त्रीको छलफल जारी


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरिरहेका छन् ।

संसदमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री दाहालले कांग्रेस महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखकलाई बालुवाटारमा बोलाएर छलफल सुरु गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामछिानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै केही समयदेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

सरकारले आज संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । तर कांग्रेसले छानबिन समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडान यथावत राखेपछि त्यसको समाधानका लागि प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग छलफल थालेका हुन् ।

प्रधानमन्त्री दाहालले आइतबार पनि कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । उक्त बैठक सकारात्मक रहेको कांग्रेसले जनाएको थियो । तर समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा कुनै टुंगो लागेको छैन ।

 

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ७ : ३९ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने