तीन दशकपछि तीन खानको चर्चा | Khabarhub Khabarhub

तीन दशकपछि तीन खानको चर्चा


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

साहरुख, सलमान र अमिर खान मध्यको सबै भन्दा धनी साहरुख खान हुन्। पैसा कमाउनु अलग कुरा हो। कला फरक हो। फ्यान हुनु फरक हो। यो बहसको सुरुवात गर्नु भन्दा अघि तीन दशक अघि कै समयमा फर्कनु पक्कै अनिवार्य हो। यी तिनको विशेषता के हो भने सुरुवाती दिनमा प्रवेश नै धुवाँदार थियो।

सलमान खानको ‘मैने प्यार किया’, साहरुख खानको ‘दिवाना’ तथा अमिर खानको ‘कया मत से कया मत तक’ सुरुवातदेखि नै सफल भएका थिए।

तीन अभिनेतालाई भारतीय सिने जगतमा स्थापित हुन धेरै सङ्घर्ष गर्नु परेको थिएन। सुरुआती फिल्ममा नै सफलता पाए पनि मध्यकालीन समयमा साहरुखले अन्य दुईलाई पछि छाडेका थिए। देवदासले साहरुखलाई दिलीप कुमार पछिको युगका ट्रेजेडी किङको रूपमा स्थापित गराएपछि उनको उचाइ अझ बढेको थियो।

धेरै वर्ष अघि नै यी तीनका बारे समाचार आएका थिए। संयोग मान्नुपर्छ यिनी तीन जनाको जन्म सन् १९६५ मा भएको हो। यी मध्य सबै भन्दा धेरै जना समीक्षकको नजरमा साहरुख खान नै उत्कृष्ट हुन्। धेरै अवार्ड जितेका कारण पनि सुरुवाती समयमा नै साहरुखलाई उत्कृष्ट मानिएको हो।

भारतीय बक्स अफिसमा सलमानका फिल्म पनि ९० को दशकमा त्यत्तिकै लोकप्रिय भएका थिए। बजार चलेका थिए। तर, कलाको रूपमा सलमानलाई माथिल्लो कोटीको कलाकारको रूपमा साहरुख र अमिरलाई जस्तो कम समीक्षकले राख्ने गरेका छन्। ९० को दशकमा एकदमै छाएका उनका फिल्ममा बलरानी भाइजान मात्र फरक किसिमको भए पनि अन्य सबै उही शैलीको फिल्म भएको आरोप लाग्ने गरेको थियो। धेरै समक्षकले अमिरलाई परपेक्ट ठान्ने गरेका छन्।

अमिरलाई भारतीय सिने जगतमा स्थापित गराउने काम भनेको ‘कयामत से कयामत तक’ले नै गरेको थियो। उनका दाजु पर्ने मन्सिन खाले फिल्म निर्देशन गरेका थिए। यो फिल्मले जुही चावलालाई पनि एकै पटक माथिल्लो उचाइ दिएको थियो।

चेतन भगतको ‘फाइभ प्वाइन्ट समवान’को आधारमा तयार पारिएको थ्री इडियटलाई अमिरको अर्को राम्रो फिल्मको रूपमा लिइएको छ। त्यसलाई राजकुमार हिरानीले निर्देशन गरेका थिए।

सन् २०१६ मा प्रदर्शन भएको दङ्गल अमिरको अर्को फरक किसिमको चलचित्र हो। तीन छोरीलाई कुस्ती खेलाडी बनाउने अमिरको योजनाको सेरोफेरोमा सो चलचित्र बनेको हो। कमनवेल्थ खेलकुदसम्म आफ्नो छोरीको यात्रा गराउने सो चलचित्रले पितृसत्तात्मक भारतीय समाज माथिको व्यङ्गको रूपमा समेत लिने गरेका छन्। डिस्ने भारत र अमिर खान प्रोडक्सनले सो फिल्म बनाएका थिए।

विश्वविद्यालय पढ्नेहरूले युवाको राष्ट्र भावको सेरोफेरोमा रङ्ग दे बसन्ती निर्माण भएको हो। सो फिल्ममा अमिरको कलाकारिता प्रशस्त देख्न सकिन्छ। धेरै युवाको मन जित्ने फिल्म सो फिल्मले त्यत्तिकै व्यासायीक सफलता पाएको थियो।

अमिरले निर्माण गरेको तथा अमिताभ बच्चनले न्यारेट गरेको सो फिल्म उत्कृष्ट फिल्मको कोटीमा पर्ने गरेका छन्।

आशुतोष ग्वारिकारको निर्देशनमा रहेको सो फिल्ममा एकातर्फ क्रिकेट र अर्को तर्फ जमिनदारी देखाइएको छ। ओसकार विजेता एआर रहमानको यस फिल्ममा सङ्गीत छ।

भारतमा फिल्म फेयर अवार्ड पाउन सफल सो फिल्म उत्कृष्ट विदेशी भाषाको फिल्मको रूपमा ओसकारमा मनोनयनमा परेको थियो। यस बाहेक पिके अमिरको त्यत्तिकै सफल फिल्म हो।

साहरुखको हकमा उनको सबे भन्दा धेरै प्रभाव सन् १९९० देखि २००३ सम्म देख्न सकिन्छ। यस बिचमा उनका हरेक वर्ष एकसे एक सफल चलचित्र आएका थिए। चमत्कारको सामान्य व्यक्तिबाट राजु बन गया जेन्टलम्यानको चकचके केटाको रूपमा मन जित्न सुरु भएको साहरुखले बाजीगर र डरमा केही नकारात्मक भूमिका निर्वाह गरे पनि सबैको मन जित्न सफल भएका थिए।

नाटकमा कलाकारिता सिकेर फिल्ममा प्रवेश गरेका साहरुखका दुई आदर्श अमिताभ र दिलीप कुमा र नै थिए। फिल्ममा प्रवेश गर्नु अघि टिन एजमा गरिबीसँग उनले धेरै नै सङ्घर्ष गरेका थिए।

यस पछिका उनका तीन चलचित्र ‘कभि हा कभि ना’, डिडिएलजे र राज उस्तै किसिमका थिए। यसपछि नै उनका सन्देश मूलक फिल्म आएका थिए। यसको उदाहरणमा ‘स्वदेश’ थियो। यस पछि आएको चक दे इन्डियाले त नयाँ आयाम नै दिएको थियो।

उनलाई नयाँ रूपले चिनाउने काम फ्यान र डियर जिन्दगीले गरेको थियो। त्यसपछि माई नेम इज खानले अर्को सनसनी फैलाएको थियो। उनलाई नयाँ रूपमा देख्न पाउँदा धेरै जना खुसी भएका थिए।

नाटकमा कलाकारिता सिकेर फिल्ममा प्रवेश गरेका साहरुखका दुई आदर्श अमिताभ र दिलीप कुमा र नै थिए। फिल्ममा प्रवेश गर्नु अघि टिन एजमा गरिबीसँग उनले धेरै नै सङ्घर्ष गरेका थिए। दिवानापछि डर, र बाजीगरले त सनसनी फैलाएको थियो। डीडीएलजेले नै उनलाई सुपर स्टार बनाएको थियो।

लामो दौडधुपपछि पनि सन् १९८८ मा सलमानले मैने प्यार कियामा अवसर पाएका थिए। सो चलचित्रमा सलमानको भन्दा बढी चर्चा भाग्य श्रीको भएको थियो। त्यसपछि भाग्य श्री चलचित्र बाट नै टाढा भइन्। त्यस पछि सलमानले सन् १९९१ मा पत्थरको फूलमा काम गर्ने अवसर पाएका थिए। त्यस फिल्म पनि अत्यन्त सफल भएको थियो।

तीन दशकलाई हेर्ने हो भने सबै भन्दा सफल साखहरुख खान नै हुन्। पछिल्लो समय यी तीनैले केही न केही नयाँ पन दिए। ९० को दशकमा यी तीन खानको उदयले भारतीय सिने बजारको रङ्ग नै बदलिएको भने पक्क हो।

उनी साजिद खान र चंकी पाण्डेसँगै देशी इरानी इन्स्टिच्युटमा आर्ट सिक्न गएका थिए। उनले पहिलो पटक विवि हो तो एसीमा काम गरेका थिए। त्यसपछि नै उनलाई चिनाउने मेने प्यार किया आएको हो।

त्यसपछि नै आएको बागीले सलमानलाई अझ बढी चिनाएको थियो। यसपछि फेरि उनी औसत चलचित्रमा पुगे। उनी हलिउडमा काम गर्ने पहिलो बलिउड अभिनेताको रूपमा चिनारी बनाउन पनि सफल भए। उनी मेरी गोल्डमा अभिनय गर्न हलिउड पुगेका हुन्।

यी तीन स्टारको तीन दशक भन्दा बढी समयको चर्चा त्यत्ति सहज पक्कै होइन।  तीन दशकलाई हेर्ने हो भने सबै भन्दा सफल साखहरुख खान नै हुन्। पछिल्लो समय यी तीनैले केही न केही नयाँ पन दिए। ९० को दशकमा यी तीन खानको उदयले भारतीय सिने बजारको रङ्ग नै बदलिएको भने पक्क हो।
स्रोतः एससिएमपी, टिम साहरुख खान, लेखनी डटकट

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ९ : १२ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको