कांग्रेस संसदीय दलको बैठक सुरु, के गर्ला निर्णय ? « Khabarhub

कांग्रेस संसदीय दलको बैठक सुरु, के गर्ला निर्णय ?


१ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको दुवै सदनको संयुक्त वैठकमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा अवरोध गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर केही समयदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

छानबिन समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडान राख्दै आएको कांग्रेसको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ ।

कांग्रेसले उठाउँदै आएका मागमा चासो राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहानै कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । उक्त बैठकमा प्रधानमन्त्रीले समस्या समाधानका लागि प्रतिवद्धता व्यक्त गरेको भन्दै कांग्रेस केही लचिलो हुने संकेत देखिएको छ ।

यो पनि…
प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच के भयो कुराकानी ?

 

 

 

 

 

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १० : ०७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल