आफ्नो पासवर्डलाई बलियो कसरी बनाउने ? « Khabarhub

आफ्नो पासवर्डलाई बलियो कसरी बनाउने ?


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हामी सबै प्रविधि मैत्री भएका छौ । हामीले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इस्टाग्रामलगायत तथा कम्प्युटर प्रयोग लगायत बैंकिङ काराेबारमासमेत राखेको पासवर्ड कसरी सुरक्षित बनाउने भन्ने जान्न आवश्यक छ । दैनिक जीवनमा इन्टरनेट तथा मोबाइलको महत्त्व बढ्दै जाँदा सुरक्षित पासवर्डको आवश्यकता समेत बढ्दै गएको छ ।

पछिल्लो समय सामाजिक संञ्जालहरु ह्याक भइरहेका छन् । सामाजिक सञ्जालमा पनि नयाँ अकाउन्ट खोल्दा बलियो पासवर्ड राख्नुहोस् भन्ने पनि आउँछ ।  आफ्नो डिजिटल सुरक्षाका लागि अनलाइन अकाउन्टहरूका पासवर्डलाई बलियो तथा सुरक्षित बनाएर साइबर अपराधी वा ह्याकरबाट जोगिने जोगिनु पर्छ ।

कस्तो पासवर्ड बलियो र सुरक्षित हुन्छ त ? 

बलियो पासवर्ड राख्नका निम्ति पासवर्ड लिनु पर्छ । लामो पासवर्डलाई सजिलैसँग तोड्न सकिँदैन । पासवर्डलाई समय समयमा पनि परिवर्तन गरीरहनु पर्छ । सके सम्म धेरै डिभाइसहरूमा पनि आफ्नो पासवर्डहरु लगइन गरेर लग आउट नगरी हिँड्नु हुँदैन । आफ्नो डिजिटल सुरक्षाका लागि टू फ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्दा यसले डिजिटल अकाउन्टलाई सुरक्षित राख्नका मद्दत गर्छ । साथै आफ्नो पासवर्डमा कसैको नाम, जन्म मिति वा मोबाइल नम्बर जस्ता कुराहरू राख्नु हुँदैन। र सामाजिक संञ्जालहरुमा पनि आफ्ना निजी जानकारीहरू शेयर गर्नु हुँदैन ।

गुगलक्राेमबाट बलियो पासवर्ड बनाउनका लागि सबैभन्दा सुरुमा क्रोमको सेटिङमा गएर सिंक फिचर इनेबल गरी कुनै पनि वेबसाइटमा जाने र एउटा नयाँ अकाउण्ट क्रियट गर्ने र पासवर्ड बक्समा ट्याप गरेपछि, क्रोमले स्वचालित रूपमा तपाईँलाई एउटा मजबूत पासवर्ड बनाउन सघाउनेछ ।

समाचार श्रोत : एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ११ : ३९ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी