झापामा सम्बन्धविच्छेदका मुद्दा बढे « Khabarhub

झापामा सम्बन्धविच्छेदका मुद्दा बढे


१ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ। झापा जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सम्बन्धविच्छेदका नौ सय ५४ मुद्दा दर्ता भएका छन् ।

चालु आवमा हालसम्म दर्ता भएका तीन हजार पाँच सय ५६ मध्ये २६ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा रहेको झापा जिल्ला अदालतका श्रेस्तेदार किरणकुमार सिंहले बताए । लागूऔषध, अंश, जबर्जस्ती करणीलगायत मुद्दा पनि बढिरहेका छन् ।

श्रेस्तेदार सिंहका अनुसार गत वर्षसहित पछिल्ला १० महिनामा दुई हजार सात सय ८५ वटा मुद्दाको फैसला भएको छ । तीन हजार पाँच सय ५७  मुद्दा विचाराधीन छन् ।

जिल्ला अदालतमा दरबन्दीअनुसार न्यायाधीश नहुँदा मुद्दाको चाप बढेको छ । आठजना न्यायाधीशको दरबन्दी रहेकामा छ जनामात्र सेवारत हुनुहुन्छ । 

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १२ : ३२ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले