बागमती प्रदेशसभाको बैठक बस्दै « Khabarhub

बागमती प्रदेशसभाको बैठक बस्दै


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

मनहरी– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । आज अपराह्न ३ बजे बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । 

बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । संसद्मा पेस भएको उक्त सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए।

उनका अनुसार बैठकमा विशेष समयको व्यवस्थासमेत रहेको र उक्त समयमा प्रदेशसभा सदस्यहरूले धारणा राख्नेछन् । प्रदेशसभा बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । सो बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रूप दिनेछ । 

सोमबारदेखि सुरु भएको प्रदेशसभाको चौथो अधिवेशन बैठकमा दलगत रुपमा प्रदेशसभा सदस्यहरूले शुभकामना राखेका थिए भने प्रदेश उच्च शिक्षा ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरिएको थियो । संसद्मा पेस भएको सो अध्यादेश ६० दिनभित्र प्रतिस्थापन विधेयकसहित पारित गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रदेश सरकारको गत वैशाख २३ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही वैशाख २३ गते सो अध्यादेश जारी गरेका थिए ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  १ : ४० बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी