इतिहासकार ज्ञानमणि नेपालको निधन « Khabarhub

इतिहासकार ज्ञानमणि नेपालको निधन


१ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार निधन भएको छ ।

९२ वर्षीय उनको महाराजगञ्जस्थित मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।

लामो समयदेखि मुटु रोगलगायतका समस्यासँग जुधिरहेका उनको निधन भएको पुष्टि भाइ एकमणि नेपालले गरेका छन् ।

गम्भीर स्वास्थ्य समस्या देखिएपछि नेपाललाई १० दिनअघि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

‘नेपालको महाभारत’ उनका चर्चित पुस्तकमध्ये एक हो । उनले ‘नेपाल निरुक्त’, ‘यात्रा त्रयी’, ‘नेपालनिरुपण’, ‘नेपाल-भोटचीनसम्बन्धनका केही सांस्कृतिक पक्ष’ पुस्तक लेखेका थिए ।

नेपाल नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अब्बल मानिन्थे ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १ : ४४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको