कोशीकी सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जसपा रोजिन् « Khabarhub

कोशीकी सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जसपा रोजिन्


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशमा जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छन् ।

उनले मंगलबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर गत आइतबार मात्रै दर्ता भएको राई नेतृत्वको जनता समाजवादी पार्टीमा सनाखत गरेकी हुन् ।

अशोक राईले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गरेर नयाँ दल दर्ता गरेसँगै त्यस दलबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दल रोज्ने मौका दिइएको छ ।

निर्वाचन आयोगले दिएको समय बमोजिम आफूले अशोक राई नेतृत्वको जसपा रोजेको जानकारी लिम्बूले खबरहबलाई दिएकी छन् ।

ताप्लेजुङकी लिम्बू कोशी प्रदेशसभामा जसपा नेपालकी एक्ली सांसद थिइन् । उनले अशोक राई नेतृत्वको जसपा रोजेसँगै कोशीमा यादव नेतृत्वको पार्टी सांसदविहीन भएको छ ।

अशोक राई नेतृत्वको जसपाले कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई समर्थन गरिसकेको छ । यस्तोमा अब निर्मलाले कोशीमा मन्त्रीको जिम्मेवारी पाउने सम्भावना छ ।

‘नयाँ राजनीतिक परिस्थिति अनुसार यहाँ हामीले मुख्यमन्त्रीलाई समर्थन गरिसकेका छौँ’, उनले खबरहबलाई भनिन्, ‘अब सरकारमा जाने-नजाने विषय पार्टीको निर्देशनअनुसार हुनेछ । पार्टीले सरकारमा पठाएमा जान्छु ।’

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  १ : ५० बजे

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका