जीबी राईको राहदानी रोक्का गर्न प्रहरीले अघि बढायो प्रक्रिया « Khabarhub

जीबी राईको राहदानी रोक्का गर्न प्रहरीले अघि बढायो प्रक्रिया


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुटवल, पोखरा र चितवनसहितका स्थानमा ठूला सहकारी संस्था खडा गरी करोडौं ठगीको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) को राहदानी रोक्का गर्न प्रहरीले प्रक्रिया अघि बढाएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएपछि फरार रहेर विदेशमा लुक्दै आएको भनिएका उनको राहदानी रोक्काका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्षसमेत रहेका जीबी अर्बौं ठगेर भागेको आरोप लागिरहेकाले बेला प्रहरीले उनलाई नेपाल झिकाउने प्रक्रियाका लागि राहदानी रोक्का अघि बढाएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् एसएसपी दानबहादुर कार्कीले जीबीलाई नेपाल झिकाउनका लागि उनको नाममा जारी भएको राहदानी रोक्का प्रक्रिया अघि बढाइएको बताएका छन्।

प्रहरीको खोजी सूचीमा रहेका उनी मलेसियामा लुकेर बसिरहेको बताइन्छ । सहकारी प्रकरणमा जीबीसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मुछिएका छन् ।

उनीमाथि छानबिन माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदनमा अवरोध गरिरहेको छ ।

गोर्खा मिडिया नेट्ववर्कका अध्यक्षसमेत रहेका जीबी र प्रबन्ध निर्देशक रहेका रविले सहकारीको पैसा ग्यालेक्सी टेलिभिजनमा लगानी गरेको आरोप लागिरहेको छ ।

गृहमन्त्री हुनुअघि रविले उनलाई आफूले जिम्मेवारी पाए २४ घण्टाभित्र झिकाउने बताउँदै आएका थिए । तर रविले दुई दिनअघि चितवनमा पुगेर जीबीलाई अघिल्लो सरकारले भगाएको विवादित अभिव्यक्ति दिए । जसलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुतर्तको संज्ञा पनि दिएका छन् ।

जीबीको खोजीका लागि यसअघि नै इन्टरपोलबाट डिफ्युजन र रेड नोटिस जारी भएको छ। जीबीलाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री लामिछानेको विरोध भइरहेको छ ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  २ : ०६ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र