जीबी राईको राहदानी रोक्का गर्न प्रहरीले अघि बढायो प्रक्रिया « Khabarhub

जीबी राईको राहदानी रोक्का गर्न प्रहरीले अघि बढायो प्रक्रिया


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुटवल, पोखरा र चितवनसहितका स्थानमा ठूला सहकारी संस्था खडा गरी करोडौं ठगीको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) को राहदानी रोक्का गर्न प्रहरीले प्रक्रिया अघि बढाएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएपछि फरार रहेर विदेशमा लुक्दै आएको भनिएका उनको राहदानी रोक्काका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्षसमेत रहेका जीबी अर्बौं ठगेर भागेको आरोप लागिरहेकाले बेला प्रहरीले उनलाई नेपाल झिकाउने प्रक्रियाका लागि राहदानी रोक्का अघि बढाएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् एसएसपी दानबहादुर कार्कीले जीबीलाई नेपाल झिकाउनका लागि उनको नाममा जारी भएको राहदानी रोक्का प्रक्रिया अघि बढाइएको बताएका छन्।

प्रहरीको खोजी सूचीमा रहेका उनी मलेसियामा लुकेर बसिरहेको बताइन्छ । सहकारी प्रकरणमा जीबीसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मुछिएका छन् ।

उनीमाथि छानबिन माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदनमा अवरोध गरिरहेको छ ।

गोर्खा मिडिया नेट्ववर्कका अध्यक्षसमेत रहेका जीबी र प्रबन्ध निर्देशक रहेका रविले सहकारीको पैसा ग्यालेक्सी टेलिभिजनमा लगानी गरेको आरोप लागिरहेको छ ।

गृहमन्त्री हुनुअघि रविले उनलाई आफूले जिम्मेवारी पाए २४ घण्टाभित्र झिकाउने बताउँदै आएका थिए । तर रविले दुई दिनअघि चितवनमा पुगेर जीबीलाई अघिल्लो सरकारले भगाएको विवादित अभिव्यक्ति दिए । जसलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुतर्तको संज्ञा पनि दिएका छन् ।

जीबीको खोजीका लागि यसअघि नै इन्टरपोलबाट डिफ्युजन र रेड नोटिस जारी भएको छ। जीबीलाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री लामिछानेको विरोध भइरहेको छ ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  २ : ०६ बजे

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति