रमेश लेखक भन्छन् : संसद्‍मा राष्ट्रपतिको सम्बोधन सुन्छौँ, अरु विषयमा प्रवेश गर्न दिँदैनौँ « Khabarhub

रमेश लेखक भन्छन् : संसद्‍मा राष्ट्रपतिको सम्बोधन सुन्छौँ, अरु विषयमा प्रवेश गर्न दिँदैनौँ


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम सुन्ने बताएका छन् ।

लेखकले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिन गर्न संसदीय समिति गठनको मागमा यथावत रहेको बताउँदै राष्ट्रपतिको सम्मानका लागि मंगलबारको संसद् बैठकमा भाग लिने बताए ।

‘कांग्रेसले आफ्नै नेतृत्वमा नेपालको संविधान बनाएको हो । आफ्नै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पद्धतिलाई स्थापना गरेको हो’, उनले भने, ‘यसमा राष्ट्र प्रमुखमा रुपमा रहनु भएका राष्ट्रपतिको विशेष संवैधानिक महत्व, गरिमा र मर्यादा छ द। हामी संविधानका व्यवस्थालाई हेरेर संघीय संसदको संयुक्त बैठकमा भाग लिन्छौँ। हामी राष्ट्रपतिज्यूको सम्बोधन सुन्छौँ।’

लेखकले राष्ट्रपतिबाट संसद्‍का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिसकेपछि अरु कार्यसूचीमा भने अघि बढ्न नदिने बताए ।

‘त्यसपछि कुनै पनि सरकारी काम कारबाही, सरकारले ल्याएका कार्यसूचीमा प्रवेश गर्न दिँदैनौँ । संसदीय छानबिन समिति गठन नगर्दासम्म संसद्‍ अघि बढ्न सक्दैन’, उनले भने, ‘यसबाट उत्पन्न हुने परिणामको सरकारले जवाफ दिनुपर्छ। त्यसको जवाफदेहिता सरकारले लिनु पर्दछ।’

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  २ : २९ बजे

इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित

इलाम : प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी

रास्वपा ९७ क्षेत्रमा विजयी हुँदा २८ उम्मेदवारको अग्रता : कांग्रेस १४ र एमालेको सात जित

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा

सल्यानबाट नेकपाका रमेश मल्ल विजयी

काठमाडौँ – प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रमेशकुमार

आज २०८२ साल फागुन २४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २४ गते आइतबार चैत

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय