साउन १८ गतेलाई तोकियो ‘मोदीबेनी’ को प्रदर्शन मिति « Khabarhub

साउन १८ गतेलाई तोकियो ‘मोदीबेनी’ को प्रदर्शन मिति


१ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शंकर कोइरालाको डेब्यु निर्देशन रहेको फिल्म  ‘मोदीबेनी’ आगामी साउन १८ गते प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार फिल्मको प्रदर्शन मिति टुंगो लगाएको हो । 

यस फिल्मबाट अभिनेत्री रेजिना उप्रेती करिब १२ वर्षपछि अभिनयमा फर्किएकी छन् । यही फिल्मबाट नायक अमर प्रताप श्रेष्ठले ठूलो पर्दाको मुख्य भूमिकामा डेब्यु गर्दै छन् । उनीसँगै नायिका वर्षा सिवाकोटी मुख्य भूमिकामा रहेको बताइएको छ । 

फिल्ममा अमर, वर्षा र रेजिनासहित प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराईलगायतको अभिनय रहने बताइएको छ । 

निर्देशक कोइरालाका अनुसार फिल्म पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित छ । 

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  २ : ३७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर