कृषि क्षेत्रमा चक्लाबन्दी गरिने सरकारको घोषणा « Khabarhub

कृषि क्षेत्रमा चक्लाबन्दी गरिने सरकारको घोषणा


१ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कृषि क्षेत्रमा चक्लाबन्दी गरिने घोषणा गरेको छ ।मंगलबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो बताएका हुन् ।

‘कृषियोग्य भूमिको संरक्षण नदी किनारसहितका बाँझो तथा नदी उकास जग्गाको सदुपयोग तथा चक्लाबन्दी गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ । त्यस्तै, छरिएर रहेका कृषि भूमिको एकीकरण गरी सामूहिक खेती, करार खेती तथा सहकारी खेतीको प्रवर्द्धन गरिने सरकारले नीति लिएको छ ।

साथै, सरकारले निजी क्षेत्रसँगको सहकार्यमा खाद्य प्रशोधन गर्ने उद्योग स्थापना गर्ने नीति लिने कार्यक्रममार्फत् घोषणा गरेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ३ : ४६ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको