२०८२ असारसम्म प्रणालीमा ४,५०० मेगावाट विद्युत जडान लक्ष्य « Khabarhub

२०८२ असारसम्म प्रणालीमा ४,५०० मेगावाट विद्युत जडान लक्ष्य

प्रतिव्यक्ति खपत ४५० किलोवाट घण्टा


१ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ सम्म राष्ट्रिय प्रणालीको कूल विद्युत जडित क्षमता ४,५०० मेगावाट पुर्‍याउने जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गर्दै आगामी आर्थिक वर्षभित्र राष्ट्रिय प्रणालीको कूल विद्युत जडित क्षमता ४ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत ४५० किलोवाट घण्टा पुर्‍याइने सरकारको लक्ष्य सार्वजनिक गरेका हुन्‌ ।

जलस्रोतको समग्र विकास र उपयोगका लागि राष्ट्रिय ऊर्जा नीति र जल तथा मौसम विज्ञान नीतिका साथै जलस्रोत ऊर्जा दक्षता तथा नविकरणीय ऊर्जा, सिँचाइ नदी तथा जलउत्पन्न विपद्‌ व्यवस्थापनसम्बन्धी कानून कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नदी बेसिन गुरुयोजनाअनुसार जलस्रोतको समुचित संरक्षण, सम्वर्द्धन तथा अधिकतम उपयोग गरिने र सौर्य ऊर्जाको समेत विद्युत खरिद सम्झौता गरी ऊर्जा मिश्रणको अवधारणा कार्यान्वयनमा ल्याइने सरकारले जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ४ : २४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको