सरकारको नीति तथा कार्यक्रममा देखिएनन् ओली « Khabarhub

सरकारको नीति तथा कार्यक्रममा देखिएनन् ओली


१ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अनुपस्थित देखिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उनी अनुपस्थित देखिएका हुन् ।

बैठकमा सत्ता साझेदार र प्रतिपक्षमा रहेका दलका शीर्ष नेताहरू उपस्थित देखिए पनि पूर्व प्रधानमन्त्री ओली अनुपस्थित देखिँदा सामाजिक सञ्जालमा अनेक टिप्पणी भइरहेका छन् ।

उनी मंगलबार नै भृकुटी मण्डपमा भ्रातृ संगठन अनेरास्ववियुद्वारा आयोजित ‘विद्यार्थी महोत्सव–२०८१’ मा पनि अनुपस्थित थिए। यद्यपि, ओलीले मंगलबार बिहान आफू उक्त महोत्सवमा सहभागी हुन लागेको सामाजिक सञ्जालमा लेखेका थिए।

‘आज म विद्यार्थी महोत्सवमा जाँदैछु । यहाँ नयाँ पुस्ता र विद्यार्थीहरू के सोचिरहेछन् र के गरिरहेछन् भन्ने बुझ्न सजिलो हुने छ,’ अध्यक्ष ओलीले लेखेका थिए।

उनी स्वास्थ्यमा समस्या देखिएपछि उक्त महोत्सवमा उपस्थित हुन नसकेका बताइएको छ। अनेरास्ववियुका एक नेताका अनुसार महोत्सवको उद्घाटन समारोहमा स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष ओली उपस्थित हुन नसकेको सार्वजनिक रुपमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ४ : ४७ बजे

कोजाग्रत पूर्णिमासँगै दसैँको टीका थाप्ने क्रम अन्तिम चरणमा, उपत्यकामा चहलपहल बढ्यो

काठमाडौँ– आश्विन शुक्ल चतुर्दशी र कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार काठमाडौं

ब्रेक्जिटपछि ईयूसँग सम्बन्ध सुधार्ने विकल्प खोज्दै बेलायत

लन्डन – बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले बेलायत र युरोपेली सङ्घ

बैतडीमा भूकम्पको धक्का

बैतडी– बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प

पर्सनलाइज्ड एमआरएनए खोपले मेलानोमा क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिम ४२ प्रतिशत घटायो

काठमाडौँ– पर्सनलाइज्ड एमआरएनए क्यान्सर खोप र प्रतिरक्षा उपचार औषधिको संयुक्त प्रयोगले

नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ– काठमाडौंको नागढुंगाबाट १४.२८ ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित