विश्वकप : ३.१ ओभरमै इंग्ल्याण्डको ऐतिहासिक जित « Khabarhub

विश्वकप : ३.१ ओभरमै इंग्ल्याण्डको ऐतिहासिक जित


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपमा ओमानमाथि ऐतिहासिक ३.१ ओभरमा ८ विकेटको जित निकाल्दै इंग्ल्याण्डले विश्वकपको सुपर ८ पुग्ने सम्भावना जीवितै राखेको छ।

शुक्रबार बिहान भएको खेलमा ओमानले दिएको ४८ रनको लक्ष्य इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ३.१ ओभरमा भेट्टाएको हो। विश्वकप इतिहासमा यो ऐतिहासिक जित हो।

ओमानले दिएको ४८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डका लागि कप्तान जोस बट्लरले नटआउट ८ बलमा चार चौका र एक छक्काको मद्दतमा २४ रन बनाए।

सुरुको दुई बलमा छक्का प्रहार गरेका फिल साल्ट ३ बलमा १२ रन जोडेर आउट भए। विल ज्याक्सले ७ बलको सामना गर्दै ५ रन जोडे भने जोनी बेयर्स्टो ८ रनमा नटआउट रहे।

पहिले ब्याटिङ गरेको ओमान १३.२ ओभर खेल्दै ४७ रनमा अलआउट भएको थियो। उसका लागि सोएब खानले २३ बलमा ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

इंग्ल्यान्डका लागि आदिल रसिदले ४ ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिए। जोफ्रा आर्चर र मार्क वुडले तीनतीन विकेट लिए। उनीहरुले १२–१२ रन खर्चिएका थिए।

समूह ‘सी’मा रहेको इंग्ल्याण्डको यो पहिलो जित हो। नेट रनरेट राम्रो बनाएको उसले यो जितसँगै ३ अंक जोडेको छ। सुपर ८ मा पुग्न अब इंग्ल्यान्डले अर्को एक खेलमा नामिबियालाई पराजित गरेर मात्र हुँदैन ५ अंकसहित दोस्रो स्थानमा रहेको स्कटल्याण्ड सुपर ८ पुगिसकेको शीर्ष स्थानको अस्ट्रेलियासँग पराजित हुनुपर्छ। तेस्रो स्थानमा रहेको नामिबियाले तीन खेल खेल्दा दुई अंक जोडेको छ।

समूह चरणको अन्तिम खेल खेलेको ओमान बिना अंक विश्वकपबाट बाहिरिएको छ।

 

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ६ : ०८ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन