ताप्लेजुङको फक्ताङ्लुङ पहिरोमा परेर गाउँपालिका उपाध्यक्षका बुवा, आमा र दुई बहिनीको निधन « Khabarhub

ताप्लेजुङको फक्ताङ्लुङ पहिरोमा परेर गाउँपालिका उपाध्यक्षका बुवा, आमा र दुई बहिनीको निधन


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – गएराति ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम, तिङ्दुमा बाढीमा परेर एकै परिवारका चार जनाको निधन भएको छ।

बाढीले घर बगाउँदा गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुका बुवा ७० वर्षीय रामबहादुर लिम्बु, आमा ५० वर्षीया जसमाया र दुई जुम्ल्याहा बहिनी ९ वर्षीया गंगा र जमुनाको निधन भएको हो।

उपाध्यक्ष लिम्बुले आफ्नो परिवार नै गुमाउनुपरेको र अन्य दुई तीन परिवार प्रभावित भएको खबरहबलाई जानकारी दिए।

पहिरोले घर बगाउँदा ५० वटा बाख्रा र ३० वटा कुखुरासमेत मरहेको प्रहरी कार्यालय ताप्लेजुङले जानकारी गराएको छ । प्रहरीलाई प्रारम्भिक जानकारी ४० वर्षीय युगेन र उनकी तीन वर्षीया छोरी गम्भीर घाइते भएका छन् ।

एकै परिवारका चार जनाको शव घरदेखि करिब ५० मिटर तल फेला पारि सुरक्षित स्थानमा राखिएको वडा नम्बर २ का वडाध्यक्ष भुपेन्द चौँलागाईले जानकारी दिए ।

घरदेखि करिब २ सय मिटर माथिबाट आएको पहिरोले घर सहित ४ जना मानिस र ७० ओटा भन्दा बढी पशुचौपाया बगाएको हो । घट्नास्थलमा हाल सिँवा प्रहरी चौकीको टोली खटिएको छ । अहिले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक कमलकुमार लुङगेलीको नेतृत्वमा थप प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

सोही पालिकामा बिहीबार राति खोलामा आएको बाढी पहिरोले विभिन्न स्थानका चार ओटा काठबाट निर्मित मोटरेबलपुल बगाएको थियो । यो वर्षको मनसुनले सबैभन्दा पहिलो प्रभाव ताप्लेजुङमा पारेको हो ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ७ : १६ बजे

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर– नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाढीबाट बचेका सामान निकाल्दै स्याउली बजारका बासिन्दा (तस्बिरहरू)

काठमाडौं– त्रिपुरासुन्दरी गाउँपालिका–२, स्याउली बजारका बासिन्दा बाढीबाट जोगाउन सफल भएका