विश्वकप क्रिकेट : पिएनजीले अफगानिस्तानलाई दियो ९६ रनको चुनौती « Khabarhub

विश्वकप क्रिकेट : पिएनजीले अफगानिस्तानलाई दियो ९६ रनको चुनौती


३२ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘सी’को खेलमा पपुवा न्युगिनी (पिएनजी)ले अफगानिस्तानलाई ९६ रनको चुनौती दिएको छ।

शुक्रबार बिहान अफगानिस्तानले टस जितेर फिल्ङ रोजेपछि सुरुमा ब्याटिङ गरेको पिएनजीले एक बल खेल्न बाँकी हुँदा सबै विकेट गुमाएर ९५ रन बनाएको हो।

पिएनजीका लागि किप्लिन डोरिगाले ३२ बलको सामना गर्दै सर्वाधिक २७ रन बनाए। अले नाओले १३ रन जोड्दा टोनी उराले ११ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पिएनजीलाई सस्तैमा समेट्न अफगानिस्तानका लागि चार ओभर बलिङ गरेका फजलहक फारुकीले १६ रन दिँदै तीन विकेट हात पारे। नवीन उल हकले दुई विकेट लिँदा मात्र ४ रन दिए। नूर अहमदले एक विकेट हात पारे।

समूह ‘सी’को अफगानिस्तान दोस्रो स्थानमा छ। पिएनजी भने चौथो स्थानमा छ। चार अंकसहित दोस्रो स्थानमा रहेको अफगानिस्तान पिएनजीमाथि जित निकाल्दै एक खेल अगाडि नै सुपर ८ मा पुग्ने लक्ष्यका साथ मैदानमा छ। यो समूहबाट वेस्ट इन्डिज यसअघि नै सुपर ८ प्रवेश गरिसकेको छ।

समूह ‘सी’मा दुई अंक जोडेको युगान्डा तेस्रो स्थानमा छ भने पिएनजी र न्युजिल्यान्डले अंक जोड्न सकेका छैनन्।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ८ : ०४ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको