मुख्यमन्त्री कार्कीद्वारा ताप्लेजुङको घटनाप्रति दुख व्यक्त, सुरक्षा निकायसँग छलफल « Khabarhub

मुख्यमन्त्री कार्कीद्वारा ताप्लेजुङको घटनाप्रति दुख व्यक्त, सुरक्षा निकायसँग छलफल


३२ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गएराति ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पहिरोमा परी चार जनाको निधन भएको घटनाप्रति दुख व्यक्त व्यक्त गरेका छन्। 

उनले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारमा समवेदना व्यक्त गरेका हुन् । 

शुक्रबार बिहानैदेखि उनले सुरक्षा निकायका प्रमुखहरू र कोशी प्रदेशका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन संवाद गरी जिल्लाको अवस्था बुझेका छन् ।

प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरूलाई भौतिक र मानवीय क्षति कम गर्नका लागि अपनाउनुपर्ने सावधानीका विषयमा पनि उनले कुराकानी गरेका छन् । जिल्लामा सुरक्षा निकायले गरिरहेको काम र प्रमुख जिल्ला अधिकारीमार्फत भइरहेका राहत र उद्धारका कामहरूका विषयमा पनि उनले चासो राखेका छन्। 

अहिले बाढी पहिरो र वर्षाको समय भएकाले यस्तो बेलामा प्रदेश सरकारबाट गर्न सकिने सहयोग र उद्धारका बारेमा पनि मुख्यमन्त्री कार्कीले सम्बन्धित निकायहरूसँग छलफल गरिरहेका छन् । 

उनले राजनीतिक दल, सामाजिक अभियन्ता र स्वयंसेवकहरूलाई  समेत काम गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ९ : ३५ बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका