हेटौँडा अस्पतालको अस्तित्व कायम राख्न माग « Khabarhub

हेटौँडा अस्पतालको अस्तित्व कायम राख्न माग


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा रहेको ऐतिहासिक हेटौँडा अस्पतालको सरकारी अस्तित्व कायम राख्न माग उठेको छ। 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अधीनमा आउने भनिएको हेटौँडा अस्पताललाई सरकारी अस्पतालकै रुपमा कायम राख्नुपर्ने माग सार्वजनिक गरिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संगठन विभाग प्रमुख विशाल राज महतले बिहीबार विज्ञप्ति जारी गर्दै हेटौँडा अस्पतालको अस्तित्व कायम राख्न माग गरेका छन्। २०१८ सालबाट स्थापना भई ऐतिहासिक परम्परा बोकेको हेटौंडा अस्पतालमाथि हालै राजनीतिकरण हुने प्रयास भएको उनले बताए।

‘आम जनताको बिरामीले सहज पहुँच पाउने गरी सेवा दिँदै आएको हेटौंडा अस्पतालमाथि राजनीतिकरणका ढंगले फरक बनाउन खोजिएको हामीले महसुस गरेका छौं,’ महतले भने, ‘विना स्वार्थ सधैँ सेवा दिनुपर्ने एउटा ऐतिहासिक अस्पतालको अस्तित्व मेट्न खोज्नेहरूविरुद्ध हामी झुक्ने छैनौं।’

बिरामीहरूलाई सरल तरिकाले स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेटौँडा अस्पतालले विपन्न, बेवारिसे र अतिविपन्नलाई निःशुल्क उपचार सेवा दिँदै आएको उनले बताए। मौलिक हक अन्तर्गत स्वास्थ्य सम्बन्धी हकमा नेपाली नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नुपर्ने उल्लेख गरिएकाले सरकारी अस्पताल कायम रहनुपर्ने उनको जिकिर छ।

‘सबैले सहजरुपमा उपचार सेवा प्राप्त गर्न सक्ने स्थान भनेको सरकारी अस्पताल नै हो,’ महतले भने, ‘आर्थिक अवस्था कमजोर भएकाहरूका लागि सरकारी अस्पतालले निःशुल्क उपचार गर्नुपर्छ। स्वास्थ्य सम्बन्धी मौलिक हकको संरक्षण गर्न सरकारी अस्पताल नै बाध्य छ।’

बागमती प्रदेशसभाबाट जारी गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनको केही दफा विवादास्पद रहेको उनले बताए। ऐनले हेटौँडा अस्पताललाई मदन भण्डारी प्रतिष्ठानको अस्पताल मान्ने भनिए पनि त्यसलाई सरकारी अस्पतालकै रुपमा कायम राख्नुपर्ने उनको मत छ।

‘जनतामा जोडिएको हेटौँडा अस्पतालको अस्तित्व मेट्न खोज्नेहरूविरुद्ध हामी झुक्ने छैनौं,’ महतले भने, ‘प्रदेश सरकारले ऐन खारेज गरेर प्रतिष्ठानको लागि आवश्यक जग्गा छुट्याउनुपर्छ भने हेटौँडा अस्पताललाई सरकारी अस्पतालकै रुपमा कायम गरिनुपर्छ।’

हेटौँडा अस्पतालमा हालसम्म आईसीयू, डाइलाइसिस लगायतका सेवा सञ्चालनमा रहेको र अरु थप सेवा विस्तार गर्न नयाँ भवन निर्माण भइसकेको विज्ञप्तिमा उल्लेख छ। कोभिड-१९ महामारीको समयमा पनि अस्पतालले महत्वपूर्ण भूमिका निभाएको थियो। हेटौँडा वासीहरूको ऐतिहासिक साँगसाथ रहेको हेटौँडा अस्पतालको अस्तित्व सरकारी अस्पतालकै रुपमा कायम राखिनुपर्ने उनको माग छ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १० : ४१ बजे

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १०

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन