ताप्लेजुङमा बाढीको क्षतिबारे संसद्‍बाट योगेशले गराए सरकारको ध्यानाकर्षण « Khabarhub

ताप्लेजुङमा बाढीको क्षतिबारे संसद्‍बाट योगेशले गराए सरकारको ध्यानाकर्षण


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद योगेश भट्टराईले अविरल वर्षाका कारण पहिरोले ताप्लेजुङमा धनजनको क्षति भएको भन्दै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भट्टराईले ताप्लेजुङका बिभिन्न स्थानका साथै गएराति पहिरोले फक्ताङलुङ गाउँपालिकामा चार जनाको मृत्यु भएको र केही घाइते भएको भन्दै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले हिमाली र पहाडी क्षेत्रको जोखिम न्यूनीकरण गर्न एकीकृत वस्ती विस्तारतर्फ जानुपर्नेमा पनि जोड दिएका छन् ।

बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका बिषयहरूमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १२ : २४ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल