नेपालका धार्मिकस्थलको दर्शन गर्न प्रकाशशरण महतको आग्रह « Khabarhub

नेपालका धार्मिकस्थलको दर्शन गर्न प्रकाशशरण महतको आग्रह


३२ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हिन्दु धर्मावलम्बीहरूका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनीको दर्शन गर्न आह्वान गरेका छन् ।  

भारतीय वर्किङ जर्नालिस्ट युनियनले शुक्रबार काठमाडौंमा आयोजना गरेको सेमिनारमा उनले को नेपाल देवभूमि भएको बताउँदै यी क्षेत्रहरूको दर्शन गर्न आह्वान गरेका हुन् । 

‘हामीसँग प्रकृतिले दिएका संसारकै अग्ला हिमऋंखलाहरु छन् । मधेशदेखि हिमालसम्मको लोभ लाग्दो हावापानी हाम्रै नेपालमा छ । यसलाई जलवायु परिवर्तनको असरबाट जोगाउन सबै जुट्नु पर्ने बेला भयो,’ प्रवक्ता महतले भने, ‘हिन्दु धर्मावलम्बीहरुका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनी पनि हाम्रै नेपालमा छन् । यी पवित्र धार्मिकस्थलहरुको दर्शन गर्न म सबैलाई आग्रह गर्दछु ।’

उनले अहिले समाजिक सञ्जालमा गलत कुराको प्रचारबाजी गर्ने काम बढ्दै गएको भन्दै गलत कुराको प्रचाबाजी गर्ने कार्यलाई रोक्न भारतीय वर्किङ जर्नालिस्ट युनियनले पनि आफ्नो ठाउँबाट कलम चलाउनु पर्नेमा जोड दिए । 

प्रवक्ता महतले भारत र चीनको बीचमा भएकाले नेपाल सानो जस्तो देखिए पनि सानो देश नभएको बताए । जनसंख्या र भूगोलको हिसाबले विशाल देश भारतको हृदय पनि विशाल हुनुपर्ने उनको भनाइ थियो । 

नेपाल र भारतको सम्बन्ध युगौंदेखिको भएको भन्दै महतले सम्बन्धलाई सुमधुर बनाउन दुवै देश सचेत हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  १२ : ५४ बजे

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को