झापामा आमा र दुईजना नाबालक छोरासमेत घरभित्रै मृत भेटिए « Khabarhub

झापामा आमा र दुईजना नाबालक छोरासमेत घरभित्रै मृत भेटिए


३२ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


31.2k
Shares
  • change font
  • change font
  • change font

झापा-झापाको शिवसताक्षी नगरपालिका-३ स्थित एक घरमा एकजना आमा र उनका दुई जना नाबालक छोराहरू घरभित्रै मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीका अनुसार आमा अन्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा २ वर्षीय आयुष घरभित्रै मृत भेटिएका हुन् ।

केसीका अनुसार आमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । उनका दुईजना छोरा भने ओछ्यानमा मृत अवस्थामा फेला परेका हुन् ।

घरभित्र बान्तासमेत गरेको देखिएकाले विषादीसमेत प्रयोग भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

घरभित्र विषादीको गन्धसमेत आइरहेकाले आमाले छोराहरूलाई विषादी खुवाएर आफू झुन्डिएको आशंका प्रहरीको छ ।

अहिले त्यहाँ प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली पुगेर अनुसन्धान थालिसकेको छ ।

अञ्जलीका पति वैदेशिक रोजगारीका लागि कतारमा रहेको खुलेको प्रहरीले जनाएको छ । अनुन्धानको प्रारम्भिक चरणमा रहेकाले घटनाको कारणबारे केही खुल्न नसकेको प्रहरीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  १२ : ५८ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी