विपदमा परेकाको समयमै उद्धार गर्न सांसदको माग « Khabarhub

विपदमा परेकाको समयमै उद्धार गर्न सांसदको माग


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले विपद्का घटनामा परेका नागरिकको समयमै उद्धार गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले पर्याप्त साधन स्रोतको अभावले विपद्का घटनामा परेका नागरिकको समयमै उद्धार गर्ने नसकिएको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (एमाले) का सचिव समेत रहेका सांसद भट्टराईले विगत केही दिनदेखि परेको अविरल वर्षाले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजिनिममा पहिरोमा पुरिएर एक परिवारका चार जनाको मृत्यु भएको र दुई जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरे । पहिरो परी सो गाउँपालिकाका उपाध्यक्ष विकास लिम्बूको परिवारका चार जनाको निधन भएको थियो ।

पहिरोबाट पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसद भट्टराईले सरकारको ध्यानाकर्षण गराए । ‘हामीले विपद् प्राधिकरण बनाएका छौँ । पर्याप्त साधन स्रोतको अभावले समयमै उद्धार गर्ने सकिएको छैन् । अब प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेका पहाडी र हिमाली क्षेत्रमा एकीकृत बस्ती विकासमा जानुपर्छ’, उनले भने ।

यसैगरी सांसद लीला बोखिमले पनि ताप्लेजुङको फक्ताङलुङ–२ मा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरिन् । घट्नामा ठूलो जनधनको क्षतिका साथै पहिरोले सडक अवरुद्ध भएकाले आपत्कालीन अवस्थामा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न सरकारसँग माग गरिन् । ‘काठको पुल भत्किएको छ । पशुचौपाया मरेका छन् । बाटो अवरुद्ध छ । तत्काल उद्धार र राहतको व्यवस्था गर्न माग गर्दछु’, उनले भनिन् ।

सांसद विजुला रायमाझीले अर्घाखाँचीको सन्धिखर्क–७ का ३१ वर्षीय बाबुराम घर्तीको पाल्पामा जनसेवा गर्दागर्दै करेन्ट लागेर निधन भएको घटनाप्रति दुःख व्यक्त गरिन् । उनले पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिन् ।

सेवामूलक कामका सिलसिलामा निधन भएकाका परिवारलाई स्पष्ट नीति बनाएर क्षतिपूर्ति दिनसमेत उनले माग गरिन् । सांसद रायमाझीले महिला सुरक्षाबारे गम्भीर बन्न सरकारसँग माग गरिन्।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १ : ५१ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष