‘दान्भी’ मेरो करिअरको कठिन फिल्म हो : नायिका पूजा शर्मा | Khabarhub Khabarhub

‘दान्भी’ मेरो करिअरको कठिन फिल्म हो : नायिका पूजा शर्मा


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका पूजा शर्मा फिल्म ‘दान्भी’मा पहिलो पटक एक्सन अवतारमा देखिँदै छिन् । उनको यो पहिलो एक्सन फिल्म हो । जेठ १० गते ‘पुजार सार्की’ र ‘फर्कीफर्की’सँग हलमा प्रतिस्पर्धा हुने भएपछि यसको प्रदर्शन मिति सारिएको हो ।

दान्भीका लागि पूजाले एक महिना फाइटको प्रशिक्षण लिएको थिइन् । प्रेमकथामा आधारित फिल्मबाट बाहिरिन जोखिम मोलेरै एक्सन विधा रोजेको उनी बताउँछिन् ।

‘दान्भी मेरो लागि रिस्क फ्याक्टर नै हो । फरक काम गरौँ न भनेर मैले दान्भी गरेकी हुँ,’ पूजा भन्छिन्, ‘यो फिल्म गर्दा मैले विशेषतः एक्सन सिक्न पाएँ । एक्सनको ज्ञान शून्य नै थियो । तर दान्भीको कामले धेरै कुरा सिकायो ।’

एक्सनमा फिल्ममा काम गर्दा सोचभन्दा कठिन भएको अनुभव उनले सुनाइन् । उनी भन्छिन्, ‘यो फिल्म अहिलेसम्मकै गाह्रो र मिहिनेत परेको भन्दा फरक पर्दैन ।’

यस फिल्म हेर्दा दर्शकले वास्तविक एक्सनको अनुभव गर्न पाउने उनको दाबी छ । उनी भन्छिन्, ‘एक्सन भन्ने बित्तिकै उडिहाल्ने भन्ने हुन्छ । तर यसमा प्राक्टिकल एक्सन छ ।’

टिजर र ट्रेलर रिलिज भएपछि आफ्नो एक्सन अवतारलाई लिएर भएको आलोचना स्वीकार गर्न उनी तयार छैनन् । चल्तीका नायकहरू अनमोल केसी, प्रदीप खड्कालगायतले आफू जस्तै एक्सनमा उत्रिएको भएर तारिफ पाउने तर नायिकाले हतियार उचाल्दा आलोचनमा भएको उनको बुझाइ छ ।

‘मैले बोकेको गन अनमोल केसी, पल शाह, प्रदीप खड्काले बोकेको भए त्यो कामको तारिफ हुन्थ्यो । तर एउटा केटीले बोकेको विषयलाई नकारात्मक आलोचना गरियो,’ उनी भन्छिन् ।

यद्यपि पुनः एक्सन फिल्म गर्नेमा पूजा ढुक्क छैनन् । यस फिल्मको प्रतिक्रियापछि मात्रै निर्णय लिने योजनामा उनी छन् । उनी भन्छिन्, ‘अहिले मलाई एक्सन फिल्ममा अफरहरू आइरहेको छ । दान्भीको प्रतिक्रिया नआइकन म अरु एक्सन फिल्मको कुरै गर्दिनँ ।’

दान्भी असार ७ बाट प्रदर्शन हुँदै छ ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  २ : ४६ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका