स्वास्थ्यमन्त्री यादव भन्छन्- स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर छ | Khabarhub Khabarhub

स्वास्थ्यमन्त्री यादव भन्छन्- स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर छ


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

चितवन- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताएका छन् ।

चितवनमा आज पत्रकारसँग कुराकानी गर्दै उनले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएको भन्दै राम्रो काम गर्नेलाई प्रोत्साहन गरिने बताए ।

अस्पतालमा प्रमुखको जिम्मेवारी हेरफेरले समस्या नहुने भन्दै मन्त्री यादवले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएकाले आवश्यकता र कामको प्रकृतिका आधारमा कर्मचारीलाई मन्त्रालयमा तान्ने वा अन्त्यन्तै पठाउने बताए ।

मन्त्री यादवले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सरकारसँग समन्वय गरी कार्ययोजना बनाउने बताए । ‘स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न हामी गम्भीर छौं । कसरी प्रभावकारी र गुणस्तरीय सेवा दिने भन्नेमा छलफल गरी सहकार्य र समन्वयका आधारमा कार्ययोजना बनाउने छौं,’ उनले भने ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ३ : १९ बजे

सूर्यकुमार यादव बने भारतीय टी-२० टोलीको नयाँ कप्तान

काठमाडौं – सूर्यकुमार यादव भारतीय टी२० क्रिकेट टोलीको नयाँ कप्तान

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं – ‘भिजिट भिसा’मा कुवेत पुर्‍याई बेचबिखन गरेको अभियोगमा मोरङ

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बङ्गलादेशको सरकारी टेलिभिजनको मुख्यालयमा आगजनी

ढाका – प्रदर्शनकारीहरूले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा

धरानमा कोरा राइड साइक्लिङ च्यालेन्ज

सुनसरी – प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ धरान