तनावपछि कावासोतीमा सहमति – मृतक तीन महिलाका परिवारलाई जनही १० लाख « Khabarhub

तनावपछि कावासोतीमा सहमति – मृतक तीन महिलाका परिवारलाई जनही १० लाख


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

पूर्वी नवलपरासी- बिहीबार ढल खन्ने क्रममा तीनजना महिला मजदुरको मृत्यु भएपछि बढेको तनाव हटाउन सहमति भएको छ ।

शुक्रबार मेयर विष्णुप्रसाद भुलासको घर र नगरपालिकाको कार्यालयमा तोडफोड भइसकेपछि भएको वार्ताका क्रममा दुई पक्षबीच १० बुँदे सहमति भएको हो ।

प्रदर्शनमा उत्रिएकाहरू र नगरपालिकाको कार्यालयका उपप्रमुख फूलकुमार थनेतसहितको उपस्थितिमा भएको वार्तामा १० बुँदे सहमति जुटेको हो ।

सहमतिअनुसार आक्रोशित भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले कयौँ राउन्ड हवाई फाय गरेको छ । त्यतिकै संख्यामा अश्रुग्यास पनि प्रदर्शनकारीतर्फ हानिएको छ ।

माटोको ढिस्कोमा पुरिएर मृत्यु भएका तीन जना महिलाको परिवारलाई नगरपालिका कार्यालयले जनही १० लाख रुपैयाँ दिने भएको छ ।

जसमा प्रतिपरिवार मृतकका बालबच्चाको नाममा ५ लाख रुपैयाँ मुद्दती खाता खोली जम्मा गरिदिने सहमति भएको छ । त्यसैगरी राहतस्वरुप प्रतिपरिवार ५ लाख रुपैयाँ पनि नगरपालिकाले दिने भएको छ ।

नगरपालिकाले मृतकका परिवारलाई काजकिरिया खर्चस्वरुप जनही ५ हजार रुपैयाँ पनि दिने भएको छ ।

त्यस्तै मृतक महिलाका परिवारका सदस्यमध्ये एकजनालाई रोजगारी दिन पनि नगरपालिका तयार भएको छ। अर्को सहमतिअनुसार नगरपालिकाले मृतकका बालबच्चालाई पढाइका लागि १२ कक्षासम्म शैक्षिक सामग्री पनि दिने भएको छ ।

के भएको थियो ?

बिहीबार कावासोती नगरपालिका-२ फलफूल चोकमा ढल निर्माणका क्रममा स्थानीय ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमया मगर र ३२ वर्षीया चमेली सिंजालीको माटोको ढिस्कोले पुरिएर ज्यान गएको थियो ।

कावासोती नगरपालिका-५ निवासी उनीहरूको नगरपालिकाको लापरबाहीले मृत्यु भएको आरोप स्थानीयबासी र आफन्तले लगाएका थिए।

प्रदर्शनमा उत्रिएकाहरूले छानबिन समिति बनाएर दोषीलाई कारबाही गर्नुपर्ने माग पनि अघि सारेका थिए ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ४ : ५० बजे

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र