तनावपछि कावासोतीमा सहमति – मृतक तीन महिलाका परिवारलाई जनही १० लाख « Khabarhub

तनावपछि कावासोतीमा सहमति – मृतक तीन महिलाका परिवारलाई जनही १० लाख


३२ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

पूर्वी नवलपरासी- बिहीबार ढल खन्ने क्रममा तीनजना महिला मजदुरको मृत्यु भएपछि बढेको तनाव हटाउन सहमति भएको छ ।

शुक्रबार मेयर विष्णुप्रसाद भुलासको घर र नगरपालिकाको कार्यालयमा तोडफोड भइसकेपछि भएको वार्ताका क्रममा दुई पक्षबीच १० बुँदे सहमति भएको हो ।

प्रदर्शनमा उत्रिएकाहरू र नगरपालिकाको कार्यालयका उपप्रमुख फूलकुमार थनेतसहितको उपस्थितिमा भएको वार्तामा १० बुँदे सहमति जुटेको हो ।

सहमतिअनुसार आक्रोशित भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले कयौँ राउन्ड हवाई फाय गरेको छ । त्यतिकै संख्यामा अश्रुग्यास पनि प्रदर्शनकारीतर्फ हानिएको छ ।

माटोको ढिस्कोमा पुरिएर मृत्यु भएका तीन जना महिलाको परिवारलाई नगरपालिका कार्यालयले जनही १० लाख रुपैयाँ दिने भएको छ ।

जसमा प्रतिपरिवार मृतकका बालबच्चाको नाममा ५ लाख रुपैयाँ मुद्दती खाता खोली जम्मा गरिदिने सहमति भएको छ । त्यसैगरी राहतस्वरुप प्रतिपरिवार ५ लाख रुपैयाँ पनि नगरपालिकाले दिने भएको छ ।

नगरपालिकाले मृतकका परिवारलाई काजकिरिया खर्चस्वरुप जनही ५ हजार रुपैयाँ पनि दिने भएको छ ।

त्यस्तै मृतक महिलाका परिवारका सदस्यमध्ये एकजनालाई रोजगारी दिन पनि नगरपालिका तयार भएको छ। अर्को सहमतिअनुसार नगरपालिकाले मृतकका बालबच्चालाई पढाइका लागि १२ कक्षासम्म शैक्षिक सामग्री पनि दिने भएको छ ।

के भएको थियो ?

बिहीबार कावासोती नगरपालिका-२ फलफूल चोकमा ढल निर्माणका क्रममा स्थानीय ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमया मगर र ३२ वर्षीया चमेली सिंजालीको माटोको ढिस्कोले पुरिएर ज्यान गएको थियो ।

कावासोती नगरपालिका-५ निवासी उनीहरूको नगरपालिकाको लापरबाहीले मृत्यु भएको आरोप स्थानीयबासी र आफन्तले लगाएका थिए।

प्रदर्शनमा उत्रिएकाहरूले छानबिन समिति बनाएर दोषीलाई कारबाही गर्नुपर्ने माग पनि अघि सारेका थिए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ४ : ५० बजे

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत अवस्थामा भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका