उपेन्द्र यादवको दाबी- सत्ता टिकाउन प्रधानमन्त्री प्रचण्डले हाम्रो पार्टी फुटाइदिए « Khabarhub

उपेन्द्र यादवको दाबी- सत्ता टिकाउन प्रधानमन्त्री प्रचण्डले हाम्रो पार्टी फुटाइदिए


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको राजनीतिक अस्थिरताको शिकार आफ्नो पार्टीलाई बनाइएको बताएका छन् ।

शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले राजनीतिक अस्थिरताको दौडमा राज्यको प्रयोग गरेर आफ्नो पार्टी फुटाइएको बताए ।

उनले सत्ता टिकाउन आफूले नै जसपा नेपाल फुटाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाषण गरेको अवस्थामा अन्य शंका गर्ने अवस्था नरहेको जिकिर गरे ।

यादवले महाधिवेशनले पार्टीप्रतिको जनसमर्थन देखाइसकेको भन्दै पार्टी फुटले कुनै असर नपर्ने उल्लेख गरे ।

नेपालको इतिहासमा मधेशका शक्तिहरू तरवारको धारबाट हिँडिरहेको बताउँदै उनले तिनकाविरुद्ध हमेशा षडयन्त्र हुँदै आएको गुनासो गरे ।

यादवले कुनै पनि पार्टी गैर मुद्दा, गैरसैद्धान्तिक आधारमा फुट्नु दुभार्ग्यापूर्ण घटना भएको उल्लेख गरेका छन् ।

यादवले राजनीतिक बाटोमा हिड्दै जाँदा आएराम, गएराम, पल्टुराम भेट्दै जानु स्वभाविक रहेको बताए । यादवले पार्टी महाधिवेशनले एकताको सन्देश दिन सफल भएको पनि बताए।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ५ : ५३ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त