शेखरको आग्रह : कांग्रेस कमजोर भइसक्यो, छाडेर गएकाहरू घर फर्किनुस् « Khabarhub

शेखरको आग्रह : कांग्रेस कमजोर भइसक्यो, छाडेर गएकाहरू घर फर्किनुस्


३२ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण हुन थालेको बताएका छन् ।

कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले यस्तो अवस्थामा पार्टी छाडेर अन्यत्र गएकाहरूलाई कांग्रेसमा फर्किन र निष्क्रिय भएकाहरूलाई समेत सक्रिय हुन आग्रह गरेका छन् ।

कांग्रेसलाई कमजोर पारे मात्रै लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने सोचबाट केही अतिवादी शक्ति सक्रिय भएको उनले सुनाए ।

कोइरालाले कांग्रेस जटिल मोडमा पुगेको पनि बताएका छन् । उनले राष्ट्रियता र लोकतन्त्र बचाउन कांग्रेस मात्रै सक्षम भएको बताउँदै अब बलियो पार्टीको आवश्यकता रहेको उल्लेख गरे ।

‘यतिबेला कांग्रेसको घर कमजोर भएको छ । पार्टी छाड्नुभएका तपाईं साथीहरूको आवश्यकता पर्यो’, उनले भने ।

हिजो जे कारणले छाडे पनि अब सबै तिक्तता बिर्सेर पार्टीमा फर्किन कोइरालाले सबैलाई आग्रह गरे ।

‘हिजो पार्टी सञ्चालन गर्दा नेताहरूबाट पनि गल्ती भएको हुन सक्छ, सबैले आ-आफ्नो कमजोरी स्वीकार्दै पार्टी बलियो बनाउन लागौं’, उनले भने ।

कोइरालाले गुटबन्दीका कारण पार्टी थिलथिलो बनेको बताए । गुटबन्दीकै कारण योग्य र इमान्दार मानिसहरू पछाडि पर्दै गएको पनि उनले बताए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ६ : १९ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६